सन्धिखर्क । १५ औं गणतन्त्र दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा नगरपालिकामा नयाँ झण्डा झन्डोत्तलन गरिएको छ।
झन्डोत्तलन प्रस्चात नगरप्रमुख श्रेष्ठको नेतृत्वमा टुडिखेल सरसफाइ समेत गरिएको थियो सरसफाइ अभियानमा नगरउपप्रमुख मिश्रा आचार्य , प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , नेपाली सेनाका सेनानी आदित्य सिलवाल , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँ जिल्ला स्थित रास्ट्रसेबक कर्मचारी तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।