सन्धिखर्क । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर राेगी प्रेमबहादुर थापाकाे उपचारमा आर्थिक अभाव भएको छ ।
घरको आर्थिक अबस्था कमजोर भए पछि उपचारमा आर्थिक समस्या उत्पन्न भएको हाे ।
क्यान्सर राेगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भैरहेको छ ।
उपचारका लागि आर्थिक सहयोग गर्न चाहने महानुभावले प्रेमबहादुर थापाको एन्आईसी एसिया बैंककाे सन्धिखर्क शाखामा रहेको खाता नम्बर ५०८७७८८८१५५२४००१ मा सहयोग गर्न उनले अपिल गरेका छन ।
आजै सन्धिखर्क १० वडा कार्य समितिले १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।