सन्धिखर्क । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का नव निर्वाचित वार्ड अध्यक्ष लगायतका अन्य सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् ।
यस अघिको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाइ विदाइ एवं सम्मान समेत गरिएको छ।
सन्धिखर्क नगरपालिकाका वार्ड अध्यक्ष माधब श्रेष्ठ लगायतका अन्य जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन्। उनीहरुले वार्डको विकासमा सधै एक भएर लाग्ने तथा वार्डबासीहरुलाइ कहिल्यै निरास बन्न नदिने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।