१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखद्वारा पदभार ग्रहण

सामुदायिक लिफ्टिङ्ग खानेपानीको महशुल ६० प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने

spot_img

सन्धिखर्क ।  अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका नव निर्वाचित नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै सुशासन र बिनाझन्झट गुणस्तरीय सेवा दिने बताएका छन ।

पदभार ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तब्य राख्दै नगरप्रमुख श्रेष्ठले पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहका ४० जना जेहेन्दार, पिछडिएका विपन्न वर्गका विद्यार्थीहरुलाई भर्ना शुल्क क्याम्पसले मिनाहा गर्ने गरि निश्चित प्रक्रिया र मापदण्डको आधारमा मासिक शिक्षण शुल्क भुक्तानी गर्न नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराइने प्रतिबद्धता ब्यक्त गरेका छन ।

श्रेष्ठले सन्धिखर्क नगरपालिका का १२ वटै वडालाई भेदभाव नगरि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पुर्वाधार – समृद्ध सन्धिखर्क निर्माणका मुल आधार मानेर रोजगारी सृजना गर्न सकिने गरि रोजगार मुलक कार्यक्रमलाई अगाडि बढाउने बताए ।

नगरप्रमुख श्रेष्ठले न्युनतम विद्धुत महशुल ३० रुपैया बुझाउनुपर्ने सम्पुर्ण घर- परिवारको विधुत महशुल नगरपालिकाले भुक्तानी गरिदिने, नगर भित्रका सम्पुर्ण सामुदायिक लिफ्टिङ्ग खानेपानीको महशुल ६० प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने भएको छ ।

नगरप्रमुख श्रेष्ठले निर्वाचित जन प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताउदै नगरपालिकाको विकासमा दत्तचित्त भएर लाग्ने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै