९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

मेयर बनेपछि खेलराजको एक्सन,बुटवलको सडक विस्तारको काम तत्कालै थालिने

spot_img

रुपन्देही ।  बुटवल उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेयले राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारको काम र ज्योतिनगर पहिरो ब्यवस्थापनमा चासो देखाएका छन ।

कार्यभार समालेको दोश्रो दिन नै उपमहानगरपालिकाको कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै सडक विस्तारको काम छिटो सक्न सडक डिभिजन कार्यालय र ठेकेदारलाई निर्देशन दिएका हुन् ।

सडक विस्तारको काम सुस्त गतिमा चल्दा जनताले दुख पाएको र बुटवलमा वायु प्रदुषण बढेकाले काम छिटो सक्न पाण्डेयले सम्बन्धित निकायलाइ निर्देशन दिएका हुन ।

उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी , प्रमुख प्रसासकीय अधिकृत विरेन्द्रदेव भारती, बुटवल बेलहिया ब्यापारीक मार्ग आयोजनाका निमिक्त प्रमुख सविता ज्ञवाली, नेपाल खानेपानी संस्थान बुटवल , नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा वर्षायाम अघि नै नाली निर्माणको काम सम्पन्न गर्न सम्बिन्धीत निर्माण ब्यवसायीलाई निर्देशन दिएको हो ।

सडकको क्षेत्राधिकार भित्र रहेका खानेपानीका पाईप , विद्यतुका पोल तत्काल स्थानान्तरण गर्नका लागि नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरण बुटवलसँग समन्वयन तथा सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए ।

यस्तै ज्योतिनगर पहिरो ब्यवस्थापनको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ईकाई र डिभिजन बन कार्यालयका प्रतिनिधिहरुसँग पनि नगर प्रमुखले छलफल गरेका छन । पहिरो क्षेत्रको अध्ययन गरी तत्कालन पहिरो ब्यवस्थापनमा लाग्न सरोकारवालाहरुसँग छलफल चलाएको उनले बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति , डिभिजन बन कार्यालय र उपमहानगरपालिकाबाट संयुक्त अनुगमन तथा प्राविधिक समिति गठन गरी पहिरो क्षेत्रको अध्ययन गरि शुझाब पेश गरिने भएको छ । सुझाव र लागत अनुमानका आधारमा उपमहानगरपालिकाको विपद ब्यवस्थापन शाखाबाट कार्य गर्ने निर्णय भएको छ ।

पहिरो क्षेत्रमा आवश्यक ग्याविन जाली भर्ने काम र पानीका मुहानको ब्यवस्थापनका लागि स्थलगत अनुगमन गर्र्ने र आवश्यक कामको लािग प्राविधिक खटाउने निर्णय भएको छ ।

यस्तै उपमहानगरपालिकाले तथ्याङ्क संकलन भएका भूमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुको लागि परिवार अब्वस्थित बसोबास अभिलेखिकरण प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (79%)
  • दुःखी (2%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (4%)
  • आक्रोशित (8%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै