काठमाडौं – सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
विज्ञान गणित अँग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गर्ने गरी सरकारले नीति तर्जुमा गर्ने योजना बनाएको हो । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन् ।
गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने गरी विशिष्टकृत नमूना विद्यालय सञ्चालनमा ल्याईने जनाउँदै कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने सरकारको योजना छ । समाज र राष्ट्रको विकासमा योगदान पुर्याउने असल योग्य अनुशासित एवं समाज र राष्ट्रका प्रति जिम्मेवार नागरिक उत्पादन गर्ने र व्यक्तिको ज्ञान सीप र क्षमता वृद्धि गर्ने गरी गुणस्तरीय शिक्षा प्रणालीको विकास गरिने कार्यक्रममा उल्लेख छ । आधारभूत तहदेखि उच्च तह सम्मको पाठ्यक्रम शिक्षण विधि परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गरिने उल्लेख गर्दै कार्यक्रममा गुणस्तरीय अनिवार्य र निशुल्क शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । अधिकतम सार्वजनिक विद्यालयमा न्यूनतम पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने उल्लेख गरिन् ।