४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काविरुद्ध प्रहरीमा उजुरी

spot_img

काठमाडौं । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य ब्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काबिरुद्द नेपाल प्रहरी अपराध महाशाखामा बिहीवार उजुरी दर्ता भएको हो ।

खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले ५ करोड ६० लाख ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरुसँग अर्बौ ठगी गरेको भन्दै उजुरी दर्ता गराएका छन ।

प्रहरी स्रोतले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काबिरुद्द उजुरी दर्ता भएको र आफुहरु अनुसन्धानमा रहेको बतायो । उक्त मुद्दामा अध्यक्ष खड्काबिरुद्द आरोप नै आरोप लगाईएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेका छन ।

म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले कम्पनीको फाईदा ५ करोड ६० लाख रुपैया अध्यक्ष खड्काले आफुहरुलाई बिभिन्न बहाना बनाएर नदिएकाले प्रहरीकोमा पुग्नुपरेको बताए ।

उनीहरुले सरकारले आफूलगायत अन्यायमा परेका स्वास्थ्य ब्यावसायीलाई न्याय दिलाउनेमा बिस्वस्त रहेको बताए ।
अध्यक्ष खड्काले महासंघमा आवद्ध ३६ संस्थाका संचालकसँग बायोमेट्रिकका लागि मलेसिया पठाउने ३१६४(१०० रिंगेट) र प्रतिकामदार थप २ हजार रुपैयाँ माग गरेपछि महासंघमा ठूलो विवाद भएको छ । अहिले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ६० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

६० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका छन् । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६४ रुपैयाँ मेडिकलबापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जम्मा गर्ने गरिएको छ ।

खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि २ हजार बिभिन्न सेटिङ भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने थालेपछि उनिहरु एकीकृत भएर खड्काको मनोमानीबिरुद्द ऊत्रिएका हुन । कार्यालय भाडा, स्वास्थ्य उपकरण खरिद गर्दा लिएको बैंकको ब्याज लगायत तिर्न समेत नपुग्ने भन्दै ब्यवसायीहरु बिरोधमा उत्रिई प्रहरीकोमा पुगेका हुन ।

महासंघको केहिसमय पहिलेको बैठकमा कैलाश खड्काले २ हजार बुझाउनुपर्ने भनेपछि किन बुझाउने भन्दै ब्यवसायी बीचमै हात हालाहालको अवस्थासमेत सृजना भएको थियो । खड्काले प्रतिकामदार २ हजार रुपैयाँ आफुलाई बुझाउनुपर्छ भनेर मागेपछि व्यवसायीहरुबीच नै तीब्र विवाद भएको छ ।

अध्यक्ष खड्काले प्रतिकामदार २ हजार रुपैयाँ महासंघमा आवद्ध ३६ वटै संस्थाका संचालकहरुसँग मागेका छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यसंस्थाहरुसँग राजनितिक नेतृत्व र कर्मचारीलाई घुस बुझाउनुपर्छ भनेर एक कामदार बराबर २ हजार रुपैयाँ बुझाउन दबाब दिने र नदिनेको अनुमतिपत्र खारेज गरिदिने धम्की दिने र यसैकारण लामो समयदेखि स्वर्णिम मेडिकल, हिमालयन मेडिकल हालसम्म पनि बन्द रहेका छन् ।
खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३६ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए ।

महासंघले बायोमेट्रिक शुरु गरेदेखिको अध्यक्ष उनै खड्का छन् । उनले नेपालका राजनीतिक नेतृत्वलाई दिनुपर्छ भनेर विगत ५ बर्षदेखि ३६ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाईरहेका छन । व्यवसायी सधै अन्यायमा परिरहने तर अध्यक्ष मात्रै मालामाल बनेपछि आफुहरु आन्दोलित बनेको व्यवसायीहरुले बताए ।

यस बिषयमा अध्यक्ष खड्कासँग जनसवालले सम्पर्क गर्दा उनले प्रहरीमा उजुरी परेको जानकारी चाहिं आफूलाई भएको र त्यस्तो खासै केही नभएको जनाउँदै पछि कुरा गर्ने भनेर फोन सम्पर्क बिच्छेद गरे ।

जनसवाल राष्ट्रिय दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै