सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ मा नेपाली कांग्रेसका माधव श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका छन्। कम्युनिस्टको किल्ला भनेर चिनिने सन्धिखरक १ मा नेपाली कांग्रेसका माधव श्रेष्ठले १२४६ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका युवराज श्रेष्ठले १०२७ मत प्राप्त गरेका छन्।