६ चैत्र २०८०, मंगलवार
spot_img
६ चैत्र २०८०, मंगलवार
spot_img
spot_img

अर्घाखाँचीमा काँग्रेसको विजयी सुरुवात, पणेनामा कमल पोख्रेलको प्यानल विजयी

spot_img

शिवलाल पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. १ पणेनबाट नेपाली काँग्रेसले जितको खाता खोलेको छ ।

वडा नं. १ पणेनामा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कमल पोख्रेल विजयी हुनुभएको छ । पोख्रेलले ८१३ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याउँनुभएको छ । सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भएका हुन ।

उनीहरुले क्रमशः ८३१, ८३४, ८१५, ७९३ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका अच्युत गौतमले सुरुवाती अग्रता लिएका छन् । गौतमले ७७२ मत ल्याउँदा एमालेका टेकराज न्यौपानेले मत ७२४ ल्याएका छन् । उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी गौतमले ७६७ मत ल्याई अग्रता कायमै छ । उपाध्यक्षमा एमालेका नर्मदा पौडेलको ७२६ मत ल्याएकी छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै