१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

नेपाली कांग्रेस ढिकुराको मतदातालाई अपिल

spot_img

पारस भट्टराई
सन्धिखर्क । नेपाली कांग्रेस भुमिकास्थान-९, ढिकुराले मतदातालाई सचेत भएर मताधिकारको प्रयोग गर्न आग्रह गरेको छ।

आज रातीदेखी मौन अवधी सुरु हुने भएपछी कांग्रेसले गठबन्धनका तर्फबाट संदेश जारी गर्दै ढिकुरामा यसपाली नयाँ नेतृत्व आउने र विकास नयाँ ढंगले अँगाडी बढ्ने विश्वास व्यक्त गरेको छ।

विगतमा पाएको दुख, भोगेको सास्ती र तिरस्कार सम्झिएर मत कहाँ दिने भनेर निष्कर्ष निकाल्न मतदाता लाई आग्रह गरिएको छ। विभिन्न प्रलोभनमा पार्ने, लोभ देखाउने, धम्की दिनेसम्मका कार्य हुनसक्ने भएकाले सचेत बन्न तथा त्यस्तो गतिविधी भए तुरुन्त प्रहरी वा आफुहरुलाई खबर गर्न कांग्रेसले आव्हान गरेको छ।

मतदान गोप्य हुने भएकाले बितेको ५ वर्षको मुल्याङकन तथा भविष्यको सुनिश्चितता हेरेर भोट दिन अपिल गरिएको छ।
निर्वाचन भयरहित, शान्तिपुर्ण तथा मित्रवत् वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेस र गठबन्धनका साथीहरु प्रतिबद्ध रहेको तथा प्रतिपक्षी मित्रहरुमा पनी निर्वाचनलाई सम्पन्न गर्न सोहार्दपुर्ण वातावरण कायम गर्न आग्रह गरेको छ। निर्वाचन पश्चात ढिकुराको विकासमा एकाकार भएर लाग्नुपर्ने भएकाले यहाँका सबै दलहरुलाई मिलिजुली निर्वाचन सम्पन्न गर्न आआफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न कांग्रेस सचिव लक्ष्मण घिमिरेले आग्रह गरेका छन्।

साथै निर्वाचन कार्यालयले तोकेको आचारसंहिता पालनामा आफुहरु कटिबद्ध रहेको र अन्य दलबाट समेत आचारसंहिताको पुर्ण पालनाको अपेक्षा गरिएको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै