१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

मालारानी ४ मा एमाले र गठबन्धनको झडप , झडपलाई शान्त बनाउन मुस्कान त्यसतर्फ

spot_img

अन्जना खनाल
अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ खनमा स्थानीय तहको निर्वाचनमा केन्द्रित रहदै बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले खन बजारमा र्याली तथा नारावाजी गर्दै गर्दा ” भ्रष्टाचारी बाई , बाई नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै नारावाजी गरिरदा खन जवाह निवासी स्थानीय नेकपा एमालेका कार्यकर्ता सो नाराको बिरोध मा उत्रिए पछि केहि क्षण तनाब उत्पन्न भएको थियो ।
सो तनावलाई शान्त गराउनको निम्ति नेपाली काङ्ग्रेसका प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान), जिल्ला सचीव कृष्ण खनाल र नेकपा एमालेका तर्फबाट पार्टीका कार्यलय सचिब लिलबहादुर बि.क र मालारानी ४ निर्वाचन परिचालन समिती संयोजक बलराम भुसालले पार्टीको तर्फबाट सहमति गरि अब कुनै व्यक्तिलाई आक्षेप नलगाई शान्तिपूर्ण तरिकाले आ- आफ्नो चुनावी गतिविधि गर्ने दुबै पक्षिय सहमति भएको हो ।

आफ्ना कार्यर्ताको बिचमा मन्तव्य राख्दै नेपाली काङ्ग्रेसका नेता मुस्कानले आफू निर्वाचन अबधि भर मालारानी ४ मै रहने र निर्वाचन अबधि भित्रमा आफ्नो पार्टीको तर्फबाट कुनै पनि अराजक गतिविधि नहुने बताएका हुन ।

तर सहि स्थानमा पछिल्लो जानकारी अनुसार फेरि पनि मुडभेटको स्थिति सृजना भएको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (100%)
  • खुसी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै