११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

भ्रष्टाचारको नाईके पार्टी भनेकै एमाले हो : कांग्रेस नेतृ  भुसाल

spot_img

केशव राज ज्ञवाली
सन्धिखर्क ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका सचेतक पुष्पा भुसालले ओलीका पालामा देशको ढुकुटी रित्तिएको आरोप लगाएकी छन् ।

उनले एमाले पार्टी भ्रष्टाचारको नाइके भएको दावी गर्दै अब देशको समृद्धि र प्रगतिको लागि गठबन्धनको नेतृत्व आवस्यक रहेको बताइन् ।

आज सन्धिखर्क -६ का विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त कार्यक्रममा उनले यसो भनेकी हुन ।

अबका निर्वाचनबाट स्थानिय सराकार सगैं प्रदेश र केन्द्रको सरकार पनि सबै गठबन्धनको नेतृत्वमा हुने भुसालको दावी थियो ।

ओली सरकारले देशलाइ दुर्घटनामा लैजान खोजेको बेला काङ्ग्रेसले बचाएको भन्दै नेता भुसालले अब नरपानीलाई पर्यटकिय मात्र नभैइ धार्मिक स्थल पनि बनाउने बताइन ।

गठबन्धनको संयुक्त चुनावी कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेद्बार शान्ता भन्डारी , उप प्रमुखका उम्मेद्बार राजेन्द्र भुसाल र वडा नम्बर ६ अध्यक्षका उमेदवार कृष्ण बहादुर आचार्यले जनताको भावना र आबस्यकता अनुरुप अगाडि बढ्ने प्रतिबद्दता जनाए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै