१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

जनताको असल सेवक बन्नु छ : अध्यक्ष पदका उमेदवार गौतम (अन्तर्वार्ता)

spot_img

सन्धिखर्क । वैखाख ३० गते हुनगइरहेको स्थानिय तह निर्वाचन बिशेष कार्यक्रम अन्तर्गत लुम्विनी आवाज डटकमका प्रतिनिधि र पाणीनी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फवाट अध्यक्ष पदका उम्मेद्वार बिच भएको अन्तरवार्ताको सम्पादित अंश
यस पालीको स्थानीय तहमा अर्घाखाँची जिल्लामा यस अघि निर्वाचित पालिका अध्यक्ष दोहोरिनु भएको छैन्, तपाई पुन अर्को कार्याकालको लागि उम्मेद्वार हुनुभएको छ । तपाई भाग्ममानी उम्मेद्वार हुनुभएको छ ।

यस पालिको चुनाव र अघिको चुनाव बिच के फरक पाउनु भयो ?
हो जिल्लामा निर्वाचित गाउँपालिका अध्यक्ष मध्ये यस पालिको निर्वाचनमा पनि पून चुनाव लड्ने व्यक्तिको रुपमा म मात्रै देखापरेकोछु । यो मेरो भन्दा पनि पाटी र आम पाणिनी वासीको चाहाना हो भन्ने लाग्छ । हुनत हामी धेरै प्रतिस्प्रधी साथीहरु थियौं । म भन्दा अग्रज व्यक्तित्वहरु पनि हुनुहुन्थ्यो तर पनि अन्तिममा मलाई सवैजनाले सर्वसहमतीको रुपमा अगाडी सार्नु भयो र म उहाँहरुकै सल्लाह अनुसार चुनावी मैदानमा अगाडी वढेकोछु ।
यस अघिको चुनावमा नेकपा एमालेको तर्फवाट जिवनारायण कोइराला र नेपाली कांग्रेसको तर्फवाट म नै थिए । जिवनारायण जि निरन्तर रुपमा अर्घाखाँचीमै वसी समाजसेवा गरिरहनु भएको थियो । गाउँघरको सुख दु:खमा सहभागी हुनुहुन्थ्यो । तर यस पटक व्यापार व्यवसाय गर्न अड्गुरीबाट वुटवल जानुभएका टेकराज न्यौपाने म संगको चुनावी प्रतिस्प्रधामा हुनुहुन्छ । म यहीको सुख दु:खमा यही गाउँमै निरन्तर रुपमा जनताको सेवामा समर्पित छु । यस अर्थमा केहि कुरामा अघिको चुनाव भन्दा यस पालीको चुनाव अलिक फरक छ ।

तपाईले राजनितीमा व्यापारीकरण र ठेकदारी प्रथा आयो भन्न खोज्नु भएको हो?
हो राजनिती एक छिनको हुदैन् । राजनितिलाई व्यापारीकरण गरिनुहुदैन । निष्ठा र समपर्णको भाववाट प्रेरित मान्छे राजनितिमा आउदा त्यसले सकरात्मक प्रभाव पर्दछ र तिनिहरुले नै आम जनताको मनोभावना वुझेका हुन्छन् ।साच्चिकै जनताका प्रतिनिधि हुनसक्छन् । चर्चा र नामको लागि अन्य ठाँउहरु धेरै छन् । अर्घाखाँचीको सन्दर्भमा दुमान सिंह थापा प्रवृत्तिको कारण कहि कतै गाउमै बसेर दिनरात जनताको सेवामा समपिर्त व्यक्ति ओझेलमा परे कि भन्ने लाग्छ ।

तपाई गाउँपालिकाको निवर्तनमान अध्यक्ष,शिक्षा,स्वास्थ्य,कृषि लगायतका क्षेत्रमा भएका तपाईले आफै गर्व गर्न लाएक काम के के हुन?
म गाउँपालिकाको स्थापनाको समयमा अध्यक्ष निर्वाचित भए पश्चात अनेकौ अवरोध र अफ्ठेरा परिस्थितीको सामना गर्नु पर्यो ।सूरुका दुई वर्ष सवैलाई अन्योल अन्योल नै भयो । विस्तारै विस्तारै सवै कुरा वुझदै गयौं । आवश्यक कार्यविधि,निति र ऐन कानुन वनायौं र सस्थागत सुशासनको लागि काम गर्यौ ।
शिक्षामा सुधार गरी वसाईसराई घटाउनको लागि प्रयास गर्यौ । सरोकारवाला संग सल्लाह गरी अंग्रेजी मोहका कारण सामुदायिक विद्यालयमा घटदै गइरहेको विद्यार्थी समस्यालाई हल गर्न भनेर पालिका बाट नै छुट्टै शिक्षकको व्यवस्था गरी प्रत्येक वडामा बाल कक्षा र एक कक्षाको बिचमा कक्षा थप गर्यौ । धेरै वर्ष सेवा गरेर पनि रित्तै हात फर्कनु पर्ने अस्थायी करार र राहात शिक्षक तथा कर्मचारीको लागि अवकास पश्चात एकमुष्ठ अनुदान प्रदान गर्ने कार्यक्रम ल्यायौं । विद्यालयको भौतिक पूर्वाधारको लागि धेरै काम गर्यो तर अझै पूर्ण भने हुन सकेकाछैनन् ।
गर्भवती महिलाको लागि निशुल्क एम्वुलेन्स सेवाको सूचारु गर्यौ ।एम वि विएस डाक्टरको दरवन्दीको लागि मन्त्रालयमा पटक पटक अनुरोध र पहल गर्यौ तर हामी अनुकूलको मन्त्रालय नहुदा सकरात्मक नतिजा प्राप्त गर्न सकेनौ । आशा छ यहि अवस्था रहेमा अगामी आर्थिक वर्षदेखि एम वि वि एस डाक्टर सहितको स्वास्थ्य सुविधा प्रदान गर्न सक्षम हुनेछौं । ल्यावको स्थापना गर्यौं र स्वास्थ्य सस्थामा अपुग दरवन्दी पुरा गरी वर्थिङ सेन्टर नियमित रुपमा सञ्चालन गरेकाछौं ।
किसानको लागि उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेकाछौ । कृषिको आधुनिकिकरण,यान्त्रिकरण र वैज्ञानिककरणको निम्ती कृषि औजार, मेसिन हस्तान्तरण गर्यौ । दुधमा आत्मनिर्भर हुनको लागि सहयोग गर्यौं । चिस्यान केन्द्रको स्थापनाको लागि आवश्यक पहल र सहयोग गरेकाछौं । स्थानिय उत्पादनमा आधारित घरेलु तथा साना उधोग स्थापनाको लागि आवश्यक परामर्श गरेकाछौं तर त्यो अझै अगाडी वढ्न सकेको छैन । खासमा एक घरमा कम्तिमा १ गाडि वस्तु उत्पादनमा नहुदा वजारिकरणमा समस्या परेको छ ।
विकास भनेकै वाटो मात्र हो भन्ने आम वुझाईलाई हामीले चिर्न सकेनौ । तथापी हरेक टोललाई सडक सञ्जालले जोडेकाछौं । खानेपानी जनताको आधारभूत अधिकार हो । यो राज्यको दायित्व भित्र पर्नुपर्छ भनि एक घर एक धारा अभियान सञ्चालन गर्यौं । धेरै ठाउँहरुमा योजना सम्पन्न गरेकाछौं ।बाँकी स्थानहरुमा छिट्टैनै पुरा हुदैछन् । लिफ्टिङ खानेपानीको योजना चलेका ठाँउमा विधुत महशुल धेरै उठदा पानी महङ्गो भयो त्यसैले हामी विधुत महशुलमा अनुदान व्यवस्था गर्यौं । काठको पोल र फुसको छाना मुक्त पालिकातर्फ उन्मुख गराएकाछौं ।

तपाईलाई पाणिनी वासीले भोट किन दिने?
म गाउँमै वसी सेवा गरेको छु ।गाउँका समस्या संग म प्रत्यक्ष रुपमा परिचित छु । कहिले काँही काम गर्ने चाहाना हुदा हुदै पनि विभिन्‍न खालका चुनौती र अवरोध उत्पन्‍न हुन्छन् । यस अवधिमा म उपलव्ध स्रोत र साधनको मितव्यायी रुपमा प्रयोग गरि विकासको निम्ति आधार स्थापना गरेकोछु । म पछिका दिनमा पनि राजनिति मार्फत नै समाजसेवा गर्ने प्रणका साथ अगाडी वढेकोछु । गाउँपालिकाको निम्ति यो मेरो अन्तिम उम्मेद्वारी भएता पनि राजनितिको अन्तय होइन । यही वाट जनताको मन अझ वढी जिति अगाडी वढनुछ । मेरो अरु कुनै पनि स्वार्थ छैन मात्र जनताको असल सेवक बन्नुछ । म सवै वृद्धाहरुको लागि असल छोरो, वयस्कहरुको लागि आत्मिय दाजु र साना साना नानीहरुको लागि एक जिम्मेवार अभिभावक वन्नुछ । यसैको लागि मलाई पाणिनी वासीले मत प्रदान गरि अत्याधिक वहुमतका साथ विजय गराउनुहुनेछ ।
वरावरीको हैसियत हुदा काम गर्न कठिन हुने अनेक वाधा अवरोध गर्ने,राम्रो नतिजाको प्रभावको मूल्याङ्कन गरी असफल बनाउने हरेक खालका प्रयासका बावजुत पनि मैले सन्तुलन कायम राखि गाउपालिकालाई आजको दिन सम्म ल्याए । एक जिम्मेवार व्यक्तिको हैसियतले अपमान र अपजस मैले लिए । राम्रो कामको जस र अपनत्व अरुले लिनुभयो ।भागवण्डामा आधा आधा हिस्सा दिनुपरे पनि म सवैखाले कामको लागि जिम्मेवार ढंगवाट प्रस्तुत भए । त्यसैले यसपालि हाम्रो सम्पूर्ण टिमलाई वहुमताकासाथ विजयी गराई अनुभूति सहितको विकासको निम्ती जनताको सेवक वन्ने अवसर प्रदान गर्नुहुनेछ । यसैको लागि मलाई मत दिनुहुनेछ । म संग पैसाको आडमा चुनावमा आएको होइन म संग स्पस्ट योजना,विचार र सपना छ यिनैलाई कार्यान्वयन गर्नको लागि म सवैजना संग अनुरोध गर्दछु । म आर्थिक रुपमा सम्पन्न भएको भए सायद कोरोना महामारी लागयतको बेला,त्यस्तै अन्य सामाजिक कार्यमा चुनाव अघि नै सहयोग गर्थे ।

जाँदा जाँदै के भन्न चाहानुहुन्छ ?
म जनताको सेवाको निम्ती अन्य पेशा व्यवसाय भन्दा पनि राजनितिमा लागे । कोरोनाको त्यस्तो महामारीको बेला सवै घरभित्र नै पसे,गाडी चालकले गाडी चलाउन नमान्दा समेत म आफै गाडी लिएर महामारीको लागि खटे । पाणिनी गाउँपालिकालाई सम्मानित हुने वातावरण सिर्जना गरे । कृषिको क्षेत्रमा गरेको कामको लागि सम्मानित भयौं । अव हामी सवै जनता वाहिर जाँदा पाणिनी वासी भनी सम्मानित हुने अवसर ल्याउनको लागि माटोलाई चिनेका उम्मेद्वार लाई विजयी गराउनु अनुरोध गर्दछु ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै