१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

बुटवलमा वैशाख २५ गते एमालेको चुनावी सभा , केपी ओली र विष्णु पौडेलले सम्बोधन गर्ने

spot_img

रुपन्देही ।  देशभर चुनावी माहोल तातिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी एमालेले बुटवलमा पनि चुनावी सभा गर्ने भएको छ।

आगामी वैशाख २५ गते बुटवलमा आयोजना हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने एमाले रूपन्देहीले जनाएको छ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवलमा हुने रूपन्देही जिल्लास्तरीय चुनावी सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाता सहभागी हुने जानकारी दिए।

बुटवल ११ देवीनगरस्थित खुला मैदानमा आयोजना गरिएको चुनावी सभामा रूपन्देहीका सबै पालिकाबाट गरी एक लाखभन्दा बढीको सहभागिता जुटाइने केसीले दाबी गरे।

एमालेका केन्द्रीय सदस्य तथा रूपन्देही इञ्चार्ज भूमिश्वर ढकालका अनुसार उक्त चुनावी सभामा सहभागिता जुटाउन सबै पालिकाहरूले टोल-टोलबाट अभियान सञ्चालन गरेका छन्।

एकातर्फ पाँच दलीय सत्तारूढ गठबन्धन र अर्कोतर्फ राष्ट्रिय जनमुक्ति पार्टीको सहयोगमा नेकपा एमालेबीच हुने यस पटकको चुनावी प्रतिस्पर्धालाई बुटवलवासीले रोचक रूपमा लिएका छन्।गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका चिनबहादुर गुरूङ उम्मेदवार बनेका छन्।

एमालेबाट भने नगरप्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दिएका छन्।

२०४९ सालदेखि बुटवलको नेतृत्वमा आउन नसकेको नेपाली कांग्रेसले गठबन्धनको सहयोगमा यसपटक बुटवलको नेतृत्व हत्याउने दाउ खोजिरहेको छ भने झण्डै तीन दशकयता एकछत्र नेतृत्व गर्दै आएको एमालेलाई आफ्नो गण जोगाउने दबाब छ।

बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले २०६४ सालदेखि यताको संविधान सभा र संघीय गरी तीन वटा निर्वाचन जितेको क्षेत्र हो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै