२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

छत्रदेवमा एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो: अध्यक्ष पदका उमेदवार श्रेष्ठ

spot_img

केशवराज ज्ञवाली                                           सन्धिखर्क । छत्रदेव गाउँपालिकाको लागि नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षका उमेदवार चन्द्रमान श्रेष्ठले छत्रदेवमा एमालेले उम्मेद्बारी राजनितिक बाध्यता मात्रै भएको बताएका छन ।

पार्टिको अस्तित्व जोगाउने धर्मले मात्रै उम्मेद्बारी दिन एमाले बाध्य भएको भए पनि एमालेका कार्यकर्ताले पनि आफुलाइ मत दिने श्रेष्ठले दावी गरे ।आज अर्घाखाँची डटकम संगको बिशेष कुराकानिमा श्रेष्ठले गुणस्तरिय शिक्षा , आधुनिक कृषि , स्वास्थ्यमा थप सुधार जस्ता कार्य गरि यश क्षेत्रको बिकास र समृद्धि गर्दै बसाइ सराइ रोक्ने प्रतिबद्धता पनि जनाए ।

बिकास र निर्माणका कार्यमा कसैलाइ लाखापाखा नगर्ने आफ्नो बानी भएको भन्दै उनले सम्पुर्ण छत्रदेवबासिलाइ निर्धक्क भएर आफुलाइ जिताउन अनुरोध गरे । आफुलाइ एमालेका साथिहरुले पनि मत दिने बताउदै नेता श्रेष्ठले छत्रदेवमा एमालेको उम्मेद्बारी पार्टी अस्तित्वको लागि मात्र भएको बताए ।

आफुले बनाएको घोषणा र प्रतिबद्धता अनुरुपनै काम गर्दै छत्रदेवमा सुरु भएका सम्पुर्ण आयोजनाहरु सम्पन्न गर्ने , पुर्व वर्ती सरकारका बाकी रहेका काम सम्पन्न गर्दै समुन्नत पालिका बनाउने उद्घोष गरे ।

प्राकृतिक सुन्दरता र प्रशस्त पर्यटकिय संभावना बोकेको छत्रदेव गाउँपालिका एतिहासिक रुपमा पनि बलकोट पौवा , छत्रमहाराज मन्दिर जस्ता स्थलहरुको थप प्रबर्द्धन र बिकासमा निरन्तरता दिने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै