१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

एमाले हरुमा राजनितिक चेतना सकियो : मेयर पद उमेदवार भण्डारी

spot_img

केशवराज ज्ञवाली
सन्धिखर्क । गठबन्धनका तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदका उम्मेद्बार शान्ता भन्डारिले एमाले हरुमा राजनितिक चेतना सकिएको बताएकी छन ।

उनले एमाले ठेकेदाराहरुको पार्टिमा रुपान्तरण भएको भन्दै धन र डनको घमन्डले एमाले सकिने बताइन ।

एमालेहरुले जनतामा भ्रम छर्दै हिडेको दावी गर्दै भन्डारिले महिला उमेदवार निर्वाचनमा आएकै कुरालाइ जोडेर लैंगिक अपमान गरेको बताइन । एमालेका कार्यकर्ताहरु महिला उम्मेद्बारी छ अब हामिलाइ चुनाब जित्न सहज छ भनेर हिड्नुनै पराजित मानसिकता भएको बताइन । एमाले ठेकेदारहरुको पार्टी हो ,उनिहरुमा राजनितिक चेतना छैन – भण्डारी

आफू २०४५ सालदेखिनै सक्रिय राजनितिमा रहदै आएको महिलालाइ महिला भएकै कारण चुनाव जित्छौ भन्नू एमालेको ठूलो कमजोरी रहेको उनको भनाइ छ ।

एमालेहरुले जतिसुकै प्रचारबाजी र घमन्ड गरेपनी सन्धिखर्क नगरको नतिजा गठबन्धनको पक्षमा आउने दावी गर्दै उम्मेद्बार भम्डारिले निर्वाचित भैसके पछि सन्धिखर्कको मुहार फेर्न कुनै कसर बाकी नराख्ने बताइन ।

आधुनिक र व्यावसायिक कृषि , पर्यटन पुर्वाधार बिकास सडक सुधार सडक गुणस्तर वृद्धि सन्धिखर्क बजारको ब्यबस्थापन धार्मिक तथा पर्यटकिय स्थलको बिकास महिलाहरुको क्षमता बिकास राजनिती र सामाजिक क्षेत्रमा सम्मानजनक महिला सहभागिता जस्ता कुराहरु आफ्ना प्रतिबद्धता भित्र राखेको भन्दै भन्डारिले कुरा भन्दा काम गरेर देखाउने प्रतिबद्धता मिडियासामु ब्यक्त गरिन ।

२०४५ साल देखिनै राजनितिमा सक्रिय नेतृ भन्डारी नेपाल विद्यार्थी संघ, नेपाल महिला संघको अर्घाखाँची अध्यक्ष अन्तर पार्टी महिला संजाल अर्घाखाँचीको अध्यक्ष काङ्ग्रेस अर्घाखाँचीको जिल्ला उपसभापती हुँदै हालै सम्पन्न काङ्रेसको चौधौं महाधिवेशनमा लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा निर्वाचित भएकी हुन ।

हाल काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य रहेकी भन्डारी आसन्न स्थानिय निर्वाचनको लागि काङ्ग्रेस नेतृत्वको गठबन्धनबाट सन्धिखर्कको मेयर पदमा उम्मेद्बारी शिफारिश गर्नु काङ्ग्रेसले महिला प्रती सम्मान गरेको बताउछिन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै