२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

मतदातालाई वडा अध्यक्षका उमेदवार मल्लको आग्रह, जित निश्चित छ प्रतिवद्धतापत्र सुरक्षित राख्नु

spot_img

कपिलवस्तु ।  शिवराज नगरपालिकाको ९ नम्बर वडाका लागि नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उमेदवार अशोक मल्लले यसपटक एकपटक एमालेले वडामा सानदार मतका साथ जित निकाल्ने दाबी गर्दै मतदाता लाई एमाले ९ नम्बर वडाका उमेदवारले जारी गरेको प्रतिवद्धता पत्र सुरक्षित राख्न आग्रह गरे।

शिवराज ९ मा आयोजित प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै बिगतमा असहज परिस्थितिमा समेत नेकपा एमाले दोश्रो पोजिशनमा रहेको स्मरण गराउदै पछिल्लो अवस्थामा एमाले प्रति जनलहर र जन समर्थन ब्यापक देखिएकाले जित सुनिश्चित रहेकाले आफुले मात्र होइन मतदाताले समेत प्रतिबद्धता पत्र सुरक्षित राखेर प्रत्येक दिन त्यसलाई कार्यान्वयन गर्नका लागि झक्झकाउन आग्रह गरे ।

एमाले ९ नम्बर वडाले ग्रामीण भेग रहेकाले यस क्षेत्रका नागरिक लाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा अपरिहार्य रहेको महसुस गर्दै प्राथमिकतामा राखेको छ, प्रतिवद्धता पत्रमा वडागत सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि वडा शिक्षा समिति गठन गरी नियमित योजनागत शैक्षिक सुधारका कार्य थालिने लागायत शिक्षिक सुधारका नयाँ योजनाहरु अघि सारेको छ ।

स्वास्थ्य तर्फ २४ घण्टे प्रसुति सेवा प्रदान गरी प्रभावकारी सेवा सुनिश्चितता, स्वयंसेविका लाई तालिम, पुरस्कार एवम् प्रोत्साहन, निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम राखिने जनाएको छ ।

त्यस्तै सामाजिक कार्य तर्फ बृद्दभत्ता वडा भित्रै बाट सकेसम्म घर घरमै पुर्‍याइदिने वा वडा बाहिर जान नपर्ने अवस्थाको सिर्जना गर्ने, एक वडा एक रङ्गशाला, एक क्लब एक खेलमैदान , एक क्लब एक सचेतना कार्यक्रम, एक घर एक फुलबारी, एक घर एक करेसाबारी, एक चोक एक प्रतिक्षालय जस्ता बिषय समेटिएका छन् ।

भौतिक तर्फ ५ वर्ष भित्र वडाभित्रका मुख्य बाटोहरु कम्तीमा १० सडक कालोपत्रे गरिसक्ने, चन्द्रौटा-शिवपुर-शिवगढी-बालापुर-हल्लानगर जोड्ने गरी नगर बस सन्चालन गरीने लगायतका विषय समेटिएका छन ।

कार्यक्रममा प्रमुख अतिथि प्रमोद सुबेदी र वडा इन्चार्ज गोपाल बन्जाडेले एकतावद्धा भएर नेकपा एमालेका उमेदवार लाई सात सूर्यमा चिन्हमा सात छाप लगाइ बिजयि गराउने अभियानमा लाग्न अपिल गरे ।

शिवराज ९ नम्बर वडाका लागि नेकपा एमालेले वडा अध्यक्षमा अशोक मल्ल, महिला सदस्यमा विष्णु सोती, दलित महिला सदस्यमा फुलमाया सुनार र खुल्ला वडा सदस्यमा पदम सुनार र अतित पुन लाई उमेदवारको रुपमा अघि सारेको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम एमाले ९ नम्बर वडा अध्यक्ष तथा वडा अध्यक्षका उमेदवार अशोक मल्लको अध्यक्षता , जिल्ला सल्लाहकार सदस्य प्रमोद सुबेदीको प्रमुख आतिथ्यता, सचिव तथा खुल्ला वडा सदस्यका उमेदवार पदम सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (8%)
  • दुःखी (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै