१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

देशले मायाँ गरेको एमाले र जनताले माया गरेका एमाले उमेदवार विजयी हुनेमा ढुक्क छौँ, सूर्य उदाएरै छाड्छ : केसी

spot_img

कपिलवस्तु ।  नेकपा एमाले कपिलवस्तु जिल्ला उपसचिव तथा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले नेकपा एमालेको पक्षमा तराई देखि हिमाल सम्म पूर्व देखि पश्चिम सम्म जनलहर बढेको बताउदै, नेकपा एमालेले गरेका विकासका दुरगामी महत्वका काम र राष्ट्रिय स्वाधीनतको पक्षमा दृढ अडानका कारण जनतामाझ लोकपि्रयता बढेको भन्दै एमालेले उठाएका उमेदवार विजयी हुनेमा ढुक्क रहेको बताएका छन ।

एमाले नेतृत्वमा रहेको प्रदेश सरकारले शिवराज र आसपासका पालिकामा कतिपय सम्पन्न गरेका र कतिपय निर्माणका चरणमा रहेका विकासका आयोजना त्यसैगरी स्थानीय सरकारले कपिलवस्तुको अन्य पालिकाको तुलनामा गरेको उत्कृष्ट कार्यसम्पादन र विकासले पनि नागरिकले एमाले रोजिसकेको बताए ।

चुनाबी अभियानका क्रममा शिवराज ३,४ र ११ को नयाँ बस्तीमा बोल्ने क्रममा शिवराज नगरपालिकाका लागि नेकपा एमालेले प्रतिस्पर्धाका लागि पठाएका उमेदवार अब्बल रहेको बताउदै एमालेले गत निर्वाचनमा जितेका हरेक ठाउँमा देखिएको विकासका काम र अन्य पार्टीले जितेका स्थानमा देखिएको सुस्तता नागरिकले राम्रो सङ्ग बुझेकाले शिवराजमा नेकपा एमालेका उमेदवारहरुले जित हासिल गर्ने , सूर्य उदाएरै छाड्ने बताए।

त्यस्तै मेयरका उमेदवार महादेव पोख्रेलले हरेक बस्तीमा पुग्दा एमाले प्रतिको समर्थन र सहभागिता साथै सिङ्गो पार्टी पङ्ति एकढिक्का भएर जनतामाझ विस्वास र भरोसाका साथ मत माग्न पुगेकाले आफुहरु उत्साहित भएको बताउदै गाउँ गाउँमा बिगतको निर्वाचन भन्दा धेरै समर्थन र जनसहभागितामा प्रचारप्रसारका लागि आम नागरिक लागिरहेको देखिएकाले सम्पूर्ण टिम फराकिलो मतान्तरले विजयी हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए ।

नेकपा एमालेले शिवराज नगरपालिकाका लागि मेयरमा महादेव पोख्रेल र उपमेयरमा शिवकुमारी थारु लाई उमेदवार बनाएको छ भने शिवराज ११ नम्बर वडाका लागि अध्यक्षको उमेदवारको रुपमा
शैलेन्द्र सिंह रायमाझी लाई अघि सारेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै