८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

श्रमिक दिवसमा गृहमन्त्री तन्दुरी भोजनालयमा, कामदारको पारिश्रमिकमा चासो

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँडले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको सामान्य भोजनालयमा पुगेर खाजा खादै अहिले रेष्टुराको अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार वानेश्वरस्थित लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पुगेर खाणले तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् । कपिल पोखरेलले सञ्चालन गरेको भोजनालयमा आएका सेवाग्राहीसँग पनि गृहमन्त्री खाँडले भोजनालयको खाना कस्तो छ ? भनेर सोधेका थिए ।

गृहमन्त्री खाँडले भोजनालयमा काम गर्ने कामदारसँग पारिश्रमिकलगायतका विषयमा जानकारी लिएका छन् ।

सञ्चालक पोखरेलले भोजनालयमा गृहमन्त्री आएर खाजा खाँदा खुशी लागेको बताएका छन् । विश्वभर अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइरहँदा मन्त्री खाँड तन्दुरी भोजनालय पुगेका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै