१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

एमाले सरकार ढलेपछि मुलुक अस्तव्यस्त भएकाले मतदाता सूर्यमा मत दिन आतुर छन् : उमेदवार केसी

spot_img

कमल विष्ट
कपिलवस्तु ।  स्थानीय तह निर्वाचनको मिति नजिकैदैजादा गाउँ बस्ती यतिबेला निर्वाचनमय बनेका छन् ।

विभिन्न पार्टी र स्वतन्त्र उमेदवारहरु मत माग्न ब्यस्त छन् भने समर्थकहरु हर्सोल्लासमा नाच्दै गाउदै प्रचारप्रसारमा छन ।

यसै सन्दर्भमा शिवराज नगरपालिका १ नम्बर वडाका लागि नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उमेदवार खिमविक्रम केसीले आफुले चुनावी घरदैलोका क्रममा आम मतदाता सूर्यमा मत दिन आतुर रहेको पाएको बताएका छन् ।

बिगतमा पनि १ नम्बर वडा एमालेले जितेर जनप्रिय तवरले काम गरेको साथै एमालेको नेतृत्वको सरकार रहदा राष्ट्रिय स्वाभिमानको मामिलामा होस या समृद्धि र विकासको योजना लाई तिब्र रुपले अघि बढाइरहेको बेला ओली सरकार ढलेपछि मुलुक अस्तब्यस्त बनेको साथै समृद्ध नेपाल र सुखी नेपालीको आकान्क्षा एमालेले मात्र पुरा गर्न सक्ने आम नागरिकले महसुस गरेकाले एमाले लाई विजयी बनाउने कार्यको शुभारम्भ स्थानीय निर्वाचन बाटै हुने दाबी गरे।

एमाले बिगतको भन्दा सुदृढ, भावनात्मक रुपले एकतावद्ध र सशक्त बनेको साथै प्रतिस्पर्धी दलहरुमा बिग्रह पैदा भइ संगठानात्मक, वैचारिक र भावनात्मक रुपले गन्तव्यबिहीन जस्तो देखिएकाले आम नागरिकको एमाले प्रति आकर्षक बढेको हुदा यस अघिको स्थानीय तहमा एमालेका उमेदवारले प्राप्त गरेको मत भन्दा फराकिलो मतान्तरले विजयी हुनेमा ढुक्क रहेको बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (29%)
  • दुःखी (0%)
  • अचम्मित (43%)
  • हाँस्यास्पद (29%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै