१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

spot_img

काठमाडौं –  निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ।

त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्।

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।

आज सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै तीस लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने आयोगको भनाइ छ।

यस्तो छ सूचना:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै