२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

वडा अध्यक्षका बागी उम्मेदवार , समर्थक र प्रस्तावक पार्टीबाट निलम्बन

spot_img

अर्घाखाँची । नेपाली काँग्रेसबाट २०७४ काे निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका शुभबहादुर सारूले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले कार्वाही गरेकाे छ ।

साधारण सदस्य समेत नरहने गरि पार्टीले सारूलाई काँग्रेसबाट निलम्बन गरेकाे छ । सारूकाे समर्थक र प्रस्तावकमा बसेका पुर्व पार्टी सभापति शाेभाखर पाैडेल र उपसभापति जिवलाल पाैडेल पनि पार्टीबाट निलम्बनमा परेका छन् ।

नेपाली काँग्रेसकाे विधान, २०१७ (संसाेधन सहित) काे धारा ४ (१३) ग बमोजिम स्वत: नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिले निष्कासन गरेकाे काँग्रेस अर्घाखाँचीले जनाएको छ ।

सारूकाे पक्षमा प्रचारप्रसारमा जाेडिने कार्यकर्तालाई निगरानीमा राख्न काँग्रेस अर्घाखाँचीले निर्देशन गरेकाे छ ।

पार्टीका आधिकारीक वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाैडेलकाे प्यानललाई विजयी बनाउन काँग्रेस अर्घाखाँचीले निर्देशित गरेकाे छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै