२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

स्थानीय निर्वाचनमा उमेदवारका रचनात्मक प्रचार शैली, कोदालो बोकेर घरदैलो अभियान

spot_img

कपिलवस्तु ।  देशभर अहिले स्थानीय तह निर्वाचनको माहोल तातेको छ, निर्वाचनको दिन नजिकिदै जादा उमेदवारहरु प्रचारप्रसारमा ब्यस्त देखिएका छन् । उमेदवारहरुले गर्ने प्रचारका नयाँ नयाँ शैली पनी देखिन थालेका छन् , जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तुका नेता तथा विजयनगर ३ नम्बर वडाका लागि अध्यक्षका उमेदवार रामनिवास पुरी यतिबेला चुनावी अभियानमा छन् ।

प्रचार प्रसारका क्रममा पुरीले घरदैलो कार्यक्रम कोदालो काधमा राखेर मत मागिरहेका छन् , जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह पनि कोदालो भएकाले उनले यस्तो प्रचार शैली अपनाएका हुन ।

आफुले निर्वाचन जितेमा कुनैपनि सरकारी सुविधा नलिने साथै जनपक्षीय काम गर्न नसकेर जनताले फिर्ता बोलाउन चाहे कार्यक्रम नसकोदै राजिनामा दिएर फर्कन तयार रहेको घोषणा गरेका पुरी जनता समाजवादी पार्टी (जसपा) का पूर्व जिल्ला उपाध्यक्ष पनि हुन् ।

निर्वाचनका वखत पार्टीमा आफ्नो मुल्याङ्कन र सम्मान योग्यता र क्षमताको कदर नभएकाले त्याहाँ बस्नु उचित नभएको भन्दै जसपा परित्याग गरेर जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै