१८ कार्तिक २०८१, आईतवार
spot_img
१८ कार्तिक २०८१, आईतवार
spot_img
spot_img

पाणिनी क्याम्पसमा एमालेबाट मेयर पदका उमेदवार कृष्ण श्रेष्ठको चुनावी भेला , आचारसंहिता उल्लंघन 

spot_img

सन्धिखर्क ।  अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूले आचारसंहिताको व्यापक उल्लंघन गरिरहेको देखिएको छ ।

आचारसंहिताको धज्जी उडाउँदै पाणिनी बहुमुखी क्याम्पस प्रमुख बुद्विराम भुसालले नेकपा(एमाले) बाट सन्धिखर्क नगर प्रमुख पदमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई चुनावी शुभकामना कार्यक्रम गरेको आरोप लागेको हो ।

एमाले उम्मेदवार श्रेष्ठले आचारसंहिता प्रतिकुल हुने गरी शैक्षिक संस्ठामा चुनावी कार्यक्रम गरेका छन् । पाणिनी बहुमुखी क्याम्पसको चुनावी शुभकामना कार्यक्रममा श्रेष्ठले आफुलाई जिताएमा क्याम्पस शैक्षिक सुधार, बिकास, निर्माण लगायतका विभिन्न प्रतिवद्धता जनाएका थिए । मतदाता नामावलीमा नाम भएका उमेर समुहका विधार्थीहरुका बीचमा कार्यक्रम गर्ने पहिलेको एमाले योजना अनुसार उक्त कार्यक्रम भएको बताइएको छ ।

अर्घाखाँचीमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले आचारसंहिताको धज्जी उडाउँदै चुनावी कार्यक्रम गरेका छन् । शक्ति प्रदर्शन गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार शैक्षिक संस्ठामा चुनावी कार्यक्रम, प्रचार प्रसार गर्न पाइँदैन।     साभार अर्घाखाँची डटकम 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (29%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (43%)
  • आक्रोशित (29%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै