११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

आजको तपाईंको राशीफल(२०७९/०१/१५ गते बिहीवार )

spot_img

आज मिति २०७९ साल बैशाख १५ गते बिहिबार। सन् २०२२  अप्रिल २८ तारिख । नेपाल संवत् ११४२ । नल नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। बैशाख कृष्णपक्ष त्रयोदशी । उत्तरभाद्र नक्षत्र। वैधृति योग। गर करण। मीन राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०५.२८, सुर्यास्त: साँझ ०६.३६ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धन प्राप्तिको योग छ  । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

कर्कट  (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् ।

सिंह  (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) 
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ ।

कन्या  (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 
आज  रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ

तुला  (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समयले त्यति साथ दिएको छैन। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको आशा गर्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता पाइएला । पढाइमा राम्रो सफलता प्राप्त होला।

धनु  (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

मकर  (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् ।

कुम्भ  (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । आजको दिन तपाईंको पक्षमा देखिएको छ। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै