काठमाडौ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्काशित भएका छन् ।
मल्ललाई स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो ।
मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए ।
मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् ।