टेकराज भुसाल
अर्घाखाँची । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी मनाेनयन दर्ता गरेका छन् ।
पाँच दलीय गठबन्धनबाट उनले साेमवार आज भुमिकास्थान नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर थापाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
भुमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमाेर्चाले पाएको हो। उपमेयर नेकपा (माओवादी केन्द)ले पाएको हो। उपमेयरमा नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडेले पनि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
जनमाेर्चाले भुमिकास्थान नगरपालिकामा प्रमुख सहित वडा नम्बर २,४ र ५ वडामा नेतृत्व गर्ने र वडा ६, ७, ८ र १० मा जनमोर्चाले सदस्यकाे उम्मेदवार दर्ता गरेको छ भने वडा नं १ र ३ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएकोले पूरा प्यानलकाे उम्मेदवारी दर्ता गरेको छ।