१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

मालारानीको अध्यक्षमा एमालेले नउठाएपछि बालकृष्ण आचार्यले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

spot_img

सन्धिखर्क । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष पदमा बालकृष्ण आचार्यले नेकपा एमालेको चयनप्रति असन्त्ष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

बालकृष्ण आचार्य गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

आचार्यले पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भएपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको बताए ।

पार्टीबाट जस्तो सुकै दबाब आएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालीकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुन: उम्मेदवारी दिनु हो ।’

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (9%)
  • दुःखी (9%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (73%)
  • आक्रोशित (9%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै