९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

नेपाल खेलकुद महासंघ अर्घाखाँचीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img

विक्रम नेपाली/अर्घाखाँची
नेपाल खेलकुद महासंघ अर्घाखाँचीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा नेपाल खेलकुद महासंघ अर्घाखाँचीका ऐतिहासिक महत्वका दृश्य तथा विज्ञापन समावेश गरिएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल)काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य बोम बहादुर बि.क. , केन्द्रीय सदस्य चेतनारायण आचार्य, पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष ईश्वरा पोखरेल,जिल्ला सचिव बिधान रायमाझी , उपसचिवमा शम्भुप्रसाद पोखरेल, कार्यलय इन्चार्ज लिल ब. बिक सन्धिखर्क कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल , खेलकुद महासंघका ईन्चार्ज विष्णु परियार, नेपाल खेलकुद महासंघ राष्ट्रिय क्रिकेट संघ केन्द्रीय कमिटीका उपसचिव ऋषिकेश भट्टराई , लङ्का यातायात प्रालिका अध्यक्ष कृष्ण भुसाल लगाएको आतिथ्यता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा अतिथिहरुले कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेका थिए । खेलकुद महासंघका जिल्ला उपाध्यक्षमा लालबहादुर घर्ती मगर, शकुन्तला अधिकारी ,अमृत थापा र कोषाध्यक्षमा सुन्दरा न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

खेलकुद महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हेनरी बस्नेत काे अध्यक्षता सहसचिव प्रकाश महतको स्वागत मन्तव्य एवं सचिव सागर मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै