११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

लायन्स स्टार्सद्धारा सम्मान तथा क्यालेन्डर बिमोचन

spot_img

बुटवल- लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लाई सम्मान गरेको छ । नयाँ बर्ष २०७९ को अवसरमा आयोजना गरिएको शुभकामना अदान प्रदान तथा लायन्स क्यालेन्डर विमोचन कार्यक्रममा उनलाई सम्म्मान गरिएको हो ।
लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले कार्यक्रममा बोल्दै लुम्बिनी लाई विश्वशान्तीको मुहानको रूपमा विकास गर्ने गरी योजना अगाडी बढाईएको जानकारी दिए । उनले गुरुयोजना समयमा नै पुरा गर्नको लागि आफुले सक्दोपहल गर्ने समेत बताए ।
कार्यक्रममा बोल्दै लायन्स क्लव बुटवल स्टार्सका अध्यक्ष अन्जील खान ले सामाजिक क्षेत्रमा क्लवले विभिन्न रचनात्मक काम गर्दै आएको जानकारी दिदै बुद्धको मावली स्थान देवदहबाट कोषाध्यक्षमा नियुक्ती भएका भट्राईलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल ३२५ पी नबनिर्वाचित फष्ट भिडिजी अर्जुनमान शैजुले सामाजिक क्षेत्रमा क्लवको योगदान उच्च रहेको भन्दै विश्व शान्तीको मुहन लुम्बिनीको अझ बढि प्रचार प्रसार गर्नुपर्ने बताए ।
लायन्स क्लब इन्टरनेसनल ३२५ पि का नबनिर्वाचित सकेन्ड भिडिजी एमजेएफ पुरुशोत्तम प्रधानांङ्ग ले पनि सोही प्रकृतिको योजना ल्याएर विदेशी पर्यटक आर्कषित गर्नुपर्ने धारणा राखे ।
सस्थापक अध्यक्ष तथा नोमिनेट डिष्ट्रिक सेक्रेटरी एमजेएफ सन्दीप कसौधन, पुर्ब अध्यक्षहरू एमजेएफ एम.एल पाण्डे, एमजेएफ दिपक भट्टराई, निबर्तमान अध्यक्ष एमजेएफ शुसिल पाण्डे लागयतको सहभागीता रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै