१५ बैशाख २०८२, सोमवार
spot_img
१५ बैशाख २०८२, सोमवार
spot_img

अर्घाखाँचीको पाणिनि वहुप्राविधिक शिक्षालयमा २७औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची/पाणिणी- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा अवस्थित पाणिनि वहुप्राविधिक शिक्षालय,चिवेकमा वन्यजन्तु सप्ताह कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। २७औं वन्यजन्तु सप्ताहको अवसरमा “मानव वन्यजन्तु सहअस्तित्व, हाम्रो साझा दायित्व” भन्ने मुल नाराका साथ पाणिनि बहूप्रविधिक शिक्षालयमा वन विज्ञानका विद्यार्थीहरू द्वारा आयोजित कार्यक्रममा  विभिन्न मनोरञ्जनात्मक तथा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

यहि बैशाख १ गतेदेखि सुरु भएको सप्ताहव्यापि कार्यक्रममा फरेष्ट्री तेस्रो वर्षका विद्यार्थीहरुले आयोजकको भूमिका निर्वाह गर्दै विभित्र कार्यक्रमहरु सम्पन्न गरेका छन् ।जस अन्तर्गत वृक्षरोपण, सरसफाइ, हाजिरिजवाफ,चित्रकला, वक्तृत्वकला,निबन्ध लेखन, भलिबल प्रतियोगिताजस्ता कार्यक्रमहरु भएका छन्। शिक्षालयका प्रशिक्षक विष्णु खनालको प्रमुख आतिथ्य एवं फरेष्ट्री तेस्रो वर्षका विद्यार्थी सन्तोष सुबेदीको संचालन रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।

वन्यजन्तु सप्ताहको अवसर पारि आयोजना गरिएका विभिन्न प्रतियोगिताहरुमध्ये छात्रा भलिबलतर्फ प्रविना अधिकारीको समूह प्रथम भएको थियो भने छात्रतर्फ कर्णराज बुढाको समूहले प्रथम स्थान हासिल गरेको थियोे। त्यस्तै हाजिरिजवाफतर्फ कर्णराज बुढाको समूह प्रथम, दिनेश धामीको समूह द्वितीय, गीता घिमिरेको समूहले तृतीय स्थान प्राप्त गरेको छ। निबन्ध लेखनतर्फ मनिषा घर्ती प्रथम, विशाल रायमाझी द्वितीय, सीता अधिकारी तृतीय र विपिन केसीले सान्त्वना स्थान प्राप्त गरेका छन् भने चित्रकलातर्फ नवीन पाण्डेय प्रथम, विशाल सुनार द्वितीय, काजल थारु तृतीय र भुपेन्द्र सिहले सान्त्वना स्थान हासिल गरेका छन् ।

वक्तृत्वकला प्रतियोगिताको प्रथम स्थान स्मृति अधिकारीले हासिल गरेकी छिन् भने द्वितीयमा सरिता घिमिरे,तृतीय गिता घिमिरे एवं विन्दु पौडेलले सान्त्वना स्थान प्राप्त गरेको जानकारी शिक्षालयका प्रशिक्षक दिवाकर सापकोटाले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै