१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

दक्षिण एसियाली ज्योतिष महासंघको वार्षिकोत्सब समारोहमा पौडेल सम्मानित

spot_img

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका – ६ धातिवाङ्ग घर भई हाल काठमाडौ नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा अध्ययनरत विद्यार्थी शिवलाल पौडेल दक्षिण एसियाली ज्योतिष महासंघको तर्फबाट सम्मानित भएका छन् ।

पौडेल विगत ३ वर्षदेखि नेपाल ज्योतिष परिषद्का हरेक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुने,संगठन सुदृढीकरण, ज्योतिषशास्त्र र ज्योतिषीय क्षेत्रमा पुर्याएको उच्च मुल्यांकन गरि प्रदेश नम्बर ५ को बुटवलमा सप्पन्न १६ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन – २०७४, सुन्दर नगरी पोखरामा सम्पन्न चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन – २०७५ र काठमाडौमा सम्पन्न भएको १७ औं राष्ट्रिय ज्योतिष सम्मेलन २०७६मा सम्मानीत भएका थिए ।

उनी नेपाल ज्योतिष परिषद् जिल्ला समिति अर्घाखाँचीको सदस्य,संगठन सचीव हुँदै नेपाल ज्योतिष परिषद्को केन्द्रीय पाँचौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि ( पार्षद ) समेत बनेका थिए । उनले हिन्दुखबर डटकम लगायत विभिन्न सन्चारमाध्यम बाट पत्रकारिता क्षेत्रमा ज्योतिष , धार्मिक तथा सांस्कृतिक क्षेत्रको सूचना प्रवाह गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै दक्षिण एसियाली ज्योतिष महासंघको १९ औं वार्षिकोत्सब समरोहका अवसरमा सम्मान गरिएको हो ।

उनलाई थप उत्साह र हौसला प्रदान गर्न सम्मान गरिएको उपाध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिनुभयो । पौडेल ज्योतिषका साथसाथै धर्म,अध्यात्म,राजनीति,पत्रकारीता लगायत हरेक क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता समेत हुन् ।

उनलाई नेपाल पन्चांग निर्णय विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले सम्मान गरेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै