१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

गठबन्धनको बिरोध गर्नेले एक्लै चुनाव जितेर देखाउनु पर्ला : अध्यक्ष गुरुङ

spot_img

काठमाडौं ।  नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनु पर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताए ।

उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानु छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाज्यूले दिनु भएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ।’ एमालेलाई हराउन पनि मिलेर जान जरुरी रहेको उनले बताए ।

‘एमालेको अहंकार र घमण्डलाई तोडेर काँग्रेसको जित गराउनु छ’, अध्यक्ष गुरुङले भने, ‘एकताबद्ध बनेर काँग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।’

उनले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताएका छन् । ‘स्थानीय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको छ । एमालेको भण्डाफोर गर्नुपर्छ’, उनले भने, ‘काँग्रेसले गरेका राम्रा कामका विषयमा जनतालाई घर–घरमा पुगेर जानकारी गराउनुपर्छ ।’

अध्यक्ष गुरुङ काँग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले काँग्रेसले बहुमत स्थानीय तहमा जित्ने बताएका छन् । त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिए । नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितका तरुण र काँग्रेस नेताहरूको कार्यक्रममा उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • हाँस्यास्पद (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै