२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

आजको तपाईंको राशीफल(२०७९/०१/५ गते सोमबार)

spot_img

आज मिति २०७९ साल बैशाख ५ गते सोमबार। सन् २०२२  अप्रिल १८ तारिख । नेपाल संवत् ११४२ । नल नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। बैशाख कृष्णपक्ष द्वितीया । विशाषा नक्षत्र। सिद्दि योग। तैतिल करण। तुला राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०५.३७, सुर्यास्त: साँझ ०६.३० बजे।

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा उर्जा र खुशीको अनुभव होला। मित्र-आफन्तसँग आनन्दमय समय बिताउनुहुन्छ। आमाको तर्फबाट लाभ होला। आयमा वृद्धि हुनुको साथै दाम्पत्यजीवन सुमधुर रहला।

वृष   (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
शारीरिक अस्वस्थताका कारण मन चिन्तित रहन सक्छ । घर-परिवारको चिन्ताको साथै खर्चको मामिलामा चिन्तित रहनुहुन्छ। तपाईको कठोर बोली कसैसँग मनमुटाव र झगडाको कारण बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा खुशी र आनन्दको वातावरण रहला।  उच्च पदाधिकारीले  तपाईको कार्यको प्रसंशा गर्नेछन्। वैवाहिक योग छ।  स्त्री मित्रबाट लाभ मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन राम्रो छ। सरकारी लाभ मिल्नेछ। सबै काम सरलपुर्वक सम्पन्न होला । कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अवसर प्राप्त होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंले गरेको काममा अपजस आउन सक्छ। तपाईले आफ्नो   स्वास्थ्यको ख्याल राख्नुपर्ने  हुन्छ। धार्मिक यात्राको सम्भावना रहेकोे छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन त्यति राम्रो छैन। स्वास्थ्यमा समस्या देखापर्ला। रिस नियन्त्रण गर्नको लागि मौन रहनुहोला।  अत्यधिक पैसा खर्च हुने योग छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक मनोरञ्जन एवं खुशीका साथ घरमा समय बिताउनुहुनेछ। शारीरिक र मानसिक प्रसन्नताले काम गर्न उत्साह दिनेछ। अधूरा कामहरु पूरा हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईको दिन प्रेम, मनोरन्जन र रमाईलोमा बित्न सक्छ। सामाजिक क्षेत्रमा  सम्मान पाउनुहुनेछ। प्रसिद्धि र ख्याति वृद्धि हुनेछ। स्वास्थ्यमा केही समस्या देखापर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य असफलताले मनमा निराशा उत्पन्न हुनेछ। पेटसँग सम्बन्धित समस्याले सताउन सक्छ। कुनै पनि बहस तथा  छलफलमा अघि नसर्नुहोला, समस्या खडा हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आमा अथवा मावलीको स्वास्थ्यले मनमा चिन्ता उत्पन्न होला। सार्वजनिक जीवनमा तपाईको मान-सम्मानमा हानि पुर्याउला। स्वास्थ्यमा सामान्य समस्या उत्पन्न होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक स्वस्थताले मनमा उत्साह बढ्ला। छिमेकी र भाईबहिनीसँग मेलमिलाप हुनेछ। घरमा मित्र र आफन्तको आगमनले घरको माहोल आनन्दमय बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा असन्तोष बढ्ने देखिन्छ । बोलीका कारण नजिकका आफन्तसग मनमुटाव पैदा हुन सक्छ। आज गरिएको लगानीबाट सोचेजस्तो प्रतिफल नआउन सक्छ तर मध्याह्नपछिको समय केही सकारात्मक रहने योग छ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै