४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

आजको तपाईंको राशीफल(२०७९/०१/४ गते आइतबार)

spot_img

आज मिति २०७९ साल बैशाख ४ गते आइतबार। सन् २०२२  अप्रिल १७ तारिख । नेपाल संवत् ११४२ । नल नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। बैशाख कृष्णपक्ष प्रतिपदा । चित्रा नक्षत्र। वज्र योग। बालब करण। तुला राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०५.३७, सुर्यास्त: साँझ ०६.३० बजे।

मेष ( चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा भने सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन।आकस्मिक रुपमा लामो यात्रा  हुनसक्छ । धार्मिक स्थलमा जाने अवसर प्राप्त होला ।

वृष  (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो
मन चन्चल होला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। छोटो यात्रा हुनसक्छ तर त्यो यात्रा फलदायी नहोला। आजको दिन कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को,ह )
आर्थिक दृष्टिकोणले आजको दिन लाभदायी छ। स्वादिष्ट भोजन, सुन्दर कपडा एवम्  परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आनन्दित रहला।

कर्कट  ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो )
आजको दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
आजको दिन मध्यम किसिमको रहनेछ ।महत्त्वपूर्ण  अवसर गुम्न सक्छ। महत्त्वपूर्ण निर्णय आजको दिनमा नगर्दा राम्रो। अधिकतर समय विचारमा  व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।

कन्या  (टो,प,पि,पु,ष,ण,ठ,पे,पो )
नयाँ कामको योजना बन्नेछ । आफन्तसँगको महत्त्वपूर्ण बसाइ होला। रमाइलोसग दिन बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।

तुला ( र,रि,रु,रे,रो,ता,ति,तु,ते )
आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग सानो कुरामा मनमुटाव हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

वृश्चिक ( तो,ना,नि,नु,ने,नो,या,यि,यु )
परिवारसँग मतभेद तथा विवाद पर्न सक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। सामान्य घटनाले पनि  मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।

धनु  (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
आजको दिन आनन्दपुर्वक बित्नेछ ।  पारिवारिक मनोरजनले मन प्रफुल्लित रहनेछ। विपरितलिङ्गी साथीबाट  सहयोग प्राप्त होला। लेखनकार्यको लागि दिन निकै अनुकुल छ।

मकर  (भो,ज,जि,खि,खु,खे,खो,गा,गि )
विचारले अरुको मन जित्न सकिएला। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचारले अरुको मन जित्न सकिएला।

कुम्भ  (गु,गे,गो,सा,सि,सु,से,सो,द)
स्वास्थ्यमा सामान्य  समस्या देखापर्ला। वैचारिक परिवर्तनका कारण अरुले आलोचना गर्नेछन्।  लेखनकार्य तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त होला। मनोरञ्जनात्मक कार्यमा खर्च होला।

मीन  (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धि कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख-शान्तिको वातावरण  बनिरहनेछ। अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त होला।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै