४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

राजमो भुमिकास्थानको धारापानीमा बृहत आम सभा सम्पन्न

spot_img

टेकराज भुसाल
अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा जिल्ला समिति अर्घाखाँचीकाे आयोजनामा भुमिकास्थान नगरपालिका वार्ड नम्वर ४काे धारापानीमा बृहत चुनावी आम सभा सम्पन्न भएको छ।

सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका महासचिव मनाेज भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए।

कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो।

त्यस्तै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले संघीयता खारेज गरी स्थानिय तहलाई थप शक्ति सम्पन्न बनाउदै उत्पादन र आयआर्जनमूखी अर्थनीति निर्माण गर्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाका उम्मेदवारलाई विजयी गराउन भुमिकास्थान नगर वासीलाई अनुरोध गरे।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य सागर केसी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, राजमाे जिल्ला सदस्य कविराम खनाल, अखिल नेपाल युवक संघका सचिव कुलराज खनाल, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुवर लगायतले सम्वाेधन गर्दै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि अत्यधिक मत विजयी गराउन अनुरोध गरेका थिए।

सभामा विभिन्न पाटी परित्याग गरि राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै