१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

होराइजनमा भु.पु.बिद्यार्थीद्धारा शिक्षक सम्मानित

spot_img

बुटवल ।  बुटवलकै प्रतिष्ठीत शैक्षिक प्रतिष्ठान न्यू होराईजन माविका भुतपुर्व विद्यार्थीहरुले दिर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान गरेका छन् । शनिवार विद्यालयमा एक कार्यक्रम आयोजना गरी विद्यालयमा २५ बर्ष देखि निरन्तरत शिक्षण सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।

भु.पु बिद्यार्थीले हरेक बर्ष शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै आयको र यो वर्ष पनि २५ बर्ष सेवा दिदै आयका १६ जना सम्मान गरीएको भु.पु विद्यार्थीका अध्यक्ष निरज लाकौलले बताए ।

कार्यक्रमा प्रमुख अथिति न्यू होराइजन माध्यमिक बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, संरक्षक लोकनाथ उपाध्याय, न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल, क्षितिज कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, होराइजन जि.वि.एस प्रिन्सिपल गोपाल आर्चाय लगाएत बोलेका थिए ।

संरक्षक लोकनाथ उपाध्यायले कार्यक्रममा बोल्दै आफ्नै विद्यार्थीले गरेको सम्मान अनुकरणीय भएको बताए । उनले लामो समय देखि अध्यापन गर्दै आएका शिक्षकहरुलाई आफ्ना भु.पू विद्यार्थीले गरेको सम्मानले थप हौसला थपेको उनको भनाई थियो ।

मान बहादुर गुरुङ्ग,शिमा तिमिल्सिना ,कपिल आर्चाय ,सुरज ढकाल ,जिवलाल ज्ञवाली ,राधा भण्डारी, राजेन्द्र लम्साल ,पार्वती घिमिरे ,बासुुदेव अर्याल ,गिता कंडेल शर्मा पाण्डे ,सरस्वती गौतम ज्ञवाली ,रमेश रेग्मी ,लक्ष्मी कुमारी मल्ल ईश्वरी रिजाल चेतन बहादुर उचै ठकुरी र कृष्ण बहादुर बिष्ट लाई सम्म्मान गरिएको कार्यक्रम संयोजक उमेश अमात्यले जानकारी दिए । कार्यक्रमको संचालन सचिव विकास श्रेष्ठले गरेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै