मेष राशी
मेष राशी हुनेहरुका लागि २०७९ श्रावण देखि २०७९ माघ सम्ममा जागिर तथा पेशाको क्षेत्रमा सफलता या पदोन्नति को सम्भावना रहनेछ। यदि तपाई लामो समयदेखि बेरोजगार हुनुहुन्छ भने यो अवधिमा नयाँ आयको स्रोत खुल्न सक्छ अर्थात नयाँ जागिर या काम पाउने सम्भावना अधिक रहने गर्दछ। मेष राशि लाई हुन चाहिँ जागिर तथा करीयरको क्षेत्रमा शनिको गोचर द्वारा २०७६ फागुन देखिन नै सकारात्मक स्थिती बनिरहेको थियो।
बैदेशिक रोजगारीको लागि यो वर्ष राम्रो समय रहनेछ। विदेशको भुमिबाट धनलाभ या आय पनि हुनसक्छ।
यो वर्ष शनिसँग सम्बन्धित कामकाजहरु या बिजिनेस व्यावसायहरु जस्तै: खेतीकिसानी, फलाम, निर्माणकार्य, कलकारखाना, छाला सम्बन्धी उद्योग आदी बाट राम्रो सफलता मिल्न सक्छ।
अष्टम भावमा बृहस्पति ले पुरै वर्ष तथा शनिले वक्री अवस्थामा बसेको बेलामा अष्टम भावमा दृष्टि दिनेछ, अत: आकस्मिक धनलाभ, अपुताली सम्पती, वसियत प्राप्ती, चिट्ठा, लट्री आदि बाट धन लाभ पनि हुनसक्छ। यो विशेषगरी २०७९ बैशाख देखिन असारको बिचमा यस्को संभावना अधिक रहनेछ।
धर्म भावको स्वामी वृहस्पति मोक्ष्य भावमा भएकोले गर्दा आध्यात्मिक चिन्तन र सोचमा वृद्धि हुनसक्छ। धार्मिक तिर्थयात्रामा जाने वातावरण या अवसर पनि मिल्नसक्छ। गुरु बृहस्पती जल तत्व मीन राशिमा रहनाले गर्दा पबित्र नदीमा स्नान गर्ने अवसर पनि मिल्नसक्छ।
कर्मको कारक शनि ले सप्तम यानिकी बिजिनेस व्यावसायको भावमा दृष्टि दिनाले बिजिनेस व्यावसाय पनि ठिकै रहनेछ।
यो वर्ष तपाईले आफ्नो स्वास्थको चाहिँ अलिक ध्यान दिनुपर्नेछ। कुनै महत्त्वपूर्ण प्रयोजनको लागी ऋण निकाल्नुपर्ने या कर्जा लिनुपर्ने स्थिती पनि आउनसक्छ।
वृष राशी
आफ्नो नेटवर्क सर्कलबाट साथ र लाभ मिल्न सक्छ। यस्तो अवस्थामा नयाँ धेरै मानिसहरुसँग सम्पर्कमा आउने गरिन्छ र सम्बन्ध स्थापित हुनेछ।
बृहस्पतिले आफ्नो राशिमा बसेर एकादश बाट पन्चम भावमा दृष्टि दिनेछ, अत: तपाईंको बौद्धिक क्षमता र बिबेकको स्तरमा वृद्धि हुनेछ।
यो वर्ष बृहस्पति आफ्नै राशिमा आय भावमा रहनेछ फलस्वरूप तपाईंको आय तथा धन आर्जनको क्षेत्रमा राम्रो स्थिती रहनेछ। आकस्मिक धनलाभ हुनसक्छ जस्तै: चिठ्ठा लट्री आदिबाट पनि धनलाभ हुन सक्छ। सेयर कारोबारमा पनि लाभ हुनसक्छ।
बृहस्पतिले सप्तम यानिकी बिवाहको भावमा पनि दृष्टि दिनेछ, अत: विवाहको भावमा गोचर गर्नाले यो वर्ष उमेर पुगेकाहरूको लागि विवाहको कुरो चल्न सक्छ या विवाह हुनसक्छ।
बृहस्पतिले गोचरमा सन्तान भावमा दृष्टि दिनेछ, अत: दम्पतीहरुले यदि सन्तानको योजना गर्नु हुँदैछ भने यो वर्ष सन्तान प्राप्ति या गर्भधारण को लागि उत्तम रहनेछ।
तृतीय भावमा शनि र बृहस्पतिले दृष्टि दीनेछ तेसैले यो वर्ष तपाईको अनेक छोटो दुरीको यात्राहरु हुनसक्छ। यात्राहरु आय तथा आफ्नो कामको सिलसिलामा हुनसक्छ।
शनिको अवस्था गोचरमा शुभ नै रहनेछ। तेसैले यो वर्ष ग्रहको गोचरको आधारमा हेर्दा चाहिँ तपाईको अनुकुल स्थिती नै रहनेछ। बाकि चाहिँ तपाईको कुण्डलिमा चलिरहेको दशाहरुमा निर्भर गर्दछ।
जागिर, आय, सन्तान आदि अनेक क्षेत्रहरूमा अनुकुल नै रहनेछ।
मिथुन राशि
यो वर्ष बृहस्पति गोचरमा आफ्नै राशिमा दसम भावमा गोचरमा रहनेछ, अत: यदि तपाईंको जागिर या बिजिनेस अपेक्षित जस्तो नचलेको अबस्था भए यो वर्षदेखि पुनः सुचारु हुनेछ। जागिर छुटेको भए नयाँ जागीरको अवसर प्राप्त हुनसक्छ। बिजिनेस मन्द चलेको भए पुनः गति लिनेछ र तपाईं लाई धेरै राहत मिलेको महसुस हुनेछ। यो वर्ष पद्दोनतिको वर्ष रहनसक्छ तर यस्को लागि तपाईको कुण्डलिमा हाल चलिरहेको दशा तथा बृहस्पतिको स्थिती ले निर्णायक भुमिका खेल्नेछ।
शनि अष्टम भावमा भएकोले गर्दा अढैयाको निर्माण हुन्छ तर शनि कारक ग्रह भएर स्वराशिमा गोचरमा भएको ले गर्दा शनिले हानि गर्दैन बरु तपाईंलाई अकाल मृत्यु, दुर्घटना, क्षति या नकारात्मक शक्ति आदिबाट रक्षा गर्नेछ। यस्तो अवस्थामा आकास्मिक धन लाभ पनि हुनसक्छ। शनिको अढैयाको प्रभाव विशेषगरी तपाइको कुण्डलिमा रहेको शनि को अवस्थामा निर्भर गर्दछ।
यो वर्ष बृहस्पतिले दसम बाट द्वितीय यानिकी धन भावमा दृष्टि दिनेछ, अत: यो वर्ष धन तथा सम्पत्तीको लागि पनि सहायक समय मान्न सकिन्छ। यो वर्ष बैंक बाट लोन लिनुपर्ने स्थिती पनि रहनसक्छ तर यो लोन तपाईको लागि फाइदाजनक कार्यमा प्रयोग हुनेछ।
बृहस्पतिले कुटुम्ब तथा सुख भावमा दृष्टि दीएकोले गर्दा पारीवारिक तथा घरेलु सुख शान्तिको क्षेत्रमा अनुकुल स्थिती रहनेछ।
चन्द्र लग्न देखिन हेर्दा सप्तमेस बृहस्पति दसममा गोचर गर्नाले गर्दा यो वर्ष तपाईको जिवनसाथिको पनि करीयरको क्षेत्रमा राम्रै स्थिती रहनसक्छ। बेरोजगारी भएमा नयाँ जागिरको अवसर प्राप्त हुनसक्छ।
सन्तान सम्बन्धि कुरामा चाहिँ यो वर्ष अलिक अनुकुल छैन। गर्भधारण को बिषयमा चाहिँ “२०७६ फागुन” देखिन यो वर्ष भरी सम्म समय अनुकुल छैन। यो अवधिमा गर्भधारण भएमा भ्रुण लाई हानी हुनसक्छ। यो चाहिँ तपाईको कुण्डलिमा बृहस्पतिको स्थिती र शनिको स्थितीमा निर्भर गर्दछ किनभने यहाँ गोचरमा शनि मृत्यु भावमा बसेर सन्तान भावमा दृष्टि दिनेछ।
यदि तपाईंको कुण्डलीमा शनि अशुभ अवस्थामा भए या कमजोर अवस्थामा भए शनिको अढैयाको कुप्रभाव रहन सक्छ या शनिको शुभ फल पर्याप्त मात्रमा प्राप्त नहुन सक्छ, अतः परिस्थिति बिग्रदो अवस्थामा भएमा शनिको उपाय गर्नुहोला। तर येदी शनि को अवस्था शुभ र बलियो भए कुण्डलिमा तपाईं लाई यो वर्ष उत्तम फलको प्राप्ती हुनेछ।
कर्कट राशी
यो वर्ष वृहस्पति आफ्नै राशिमा नवम भावमा गोचरमा रहनेछ साथै धर्म भाव बाट चन्द्र लग्न माथी दृष्टि दिनेछ, अत: तपाईंमा धर्मप्रति र ईश्वर प्रति विश्वास र आस्थामा वृद्धि हुनसक्छ। कुनै तीर्थयात्रा या धार्मिक स्थलहरूको भ्रमण या दशन गर्ने अवसर मिल्न सक्छ।
छोटो दूरीको यात्राहरु विशेषगरी बिजिनेस या जागिरको सिलसिलामा हुनसक्छ। यो अवधिमा वैदेशिक शिक्षाको लागि या उच्च शिक्षा प्राप्तीको लागि प्रयत्न गर्दा पनि सफलता मिल्न सक्छ। यस्को लागि सर्वप्रथम चाहिँ तपाइको कुण्डलिमा बिदेश योग या वैदेशिक शिक्षा प्राप्तिको योग हुनु अनिवार्य छ।
बृहस्पतिले गोचरमा सन्तान भावमा दृष्टि दिनेछ, अत: दम्पतीहरुले यदि सन्तानको योजना गर्नु हुँदैछ भने यो वर्ष सन्तानप्राप्ति या गर्भधारण को लागि उत्तम रहनेछ। सन्तान प्राप्तिको योजना गर्नुहुने दम्पत्तिहरु ले “बैशाख १६ देखिन असार २८” सम्म चाहिँ बारेको उचित हुनेछ।
बैवाहिक जिवनमा केहि समस्या या जिवनसाथिको स्वास्थमा समस्या आदि चाहिँ यो वर्षको “बैशाख १६ देखिन असार २८” सम्म अलिक धेरै संभावना छ। यो वर्षमा तपाईको लागि अशुभ अवधि यहि रहनेछ। यस्को अन्यत्र तपाईको यो वर्ष भाग्यमा वृद्धि गर्ने खाल्को नै छ।
बृहस्पतिले यो वर्ष चन्द्र लग्न तथा चन्द्र लग्न देखिन पन्चम भावमा दृष्टि दिनेछ तेसैले तपाईंले आफ्नो बुद्धिबल र मानसिक क्षमताको द्वारा आफ्नो सामर्थ्यलाई देखाउन सक्नुहुन्छ। तपाईंको बुद्धि, विवेक र मानसिक क्षमतामा बृद्धि हुनेछ। विषम परिस्थितिमा पनि उचित निर्णय लिनसक्ने सामर्थ्यमा वृद्धि हुनेछ। विद्यार्थीहरुको लागि पनि यो वर्ष शिक्षार्जनको क्षेत्रमा अनुकुल समय रहनेछ।
यो वर्ष तपाइको पेशा, व्यवसाय, बिजिनेस या करियरको क्षेत्रमा भने राम्रो स्थिति नै रहनेछ। बिजनेसको भावमा स्वराशि शनि भएकोले गर्दा बिजनेसको क्षेत्रमा आबद्ध भएकाहरुलाई समय राम्रै रहनेछ। शनि सम्बन्धि क्षेत्रमा बिजिनेस व्यावसाय भएमा राम्रो हुनेछ।
सिंह राशी
बृहस्पति सन्तान भावको स्वामी तथा कारक भएर गोचरमा अष्टम भावमा रहनेछ र शनिले गुरु लाई दृष्टि दिनेछ, अत: दम्पतीहरुले यदि सन्तानको योजना गर्नु हुँदैछ भने यो वर्ष सन्तान प्राप्ति या गर्भधारण को लागि अनुकुल मान्न सकिन्दैन। सन्तान सम्बन्धि कुराहरुमा समस्या तथा कष्ट आदि रहनसक्छ।
यो वर्ष बृहस्पतिले अष्टम भावमा गोचर गरेर द्वादश भावमा दृष्टि दिनेछ, अत: तपाईंको कुनै विदेशको कामकाजहरु भए बन्नेछ। वैदेशिक शिक्षाको लागि पनि यो वर्ष राम्रो छ।
यो वर्ष आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। यस्तो बेलामा पेट सम्बन्धि, पाचन प्रणाली सम्बन्धि, फोक्सो, स्वासप्रस्वास, आन्द्रा, जण्डीस आदि संग सम्बन्धित कुराहरुमा समस्या रहने सम्भावनामा वृद्धि हुने गर्दछ। यस्तो बेलामा मधुमेहका रोगीहरुले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ।
यो वर्ष विशेषगरी वैज्ञानिक खोज- अनुसन्धानकर्ता, पुरातत्त्वविद्, मन्त्र-तन्त्र सिद्धि गर्ने साधक, जोतिषमा खोज अध्ययन गर्नेहरु लाई आदिको लागि विशेष सहायक समय रहनेछ। नयाँ खोज – अनुसन्धान र आविष्कार हुनसक्छ।
बृहस्पतिले पन्चम भावको स्वामी भएर धन भावमा दृष्टि दीएकोले गर्दा तपाईलाई आकस्मिक धनलाभ हुन सक्छ। जस्तै: अपुताली सम्पती, वसियत प्राप्ती, चिठ्ठा, लट्री, सट्टा बाजी आदि बाट धन प्राप्ती हुनसक्छ।
यो वर्ष बैशाख १६ सम्म अनि असर २८ देखिन माघ ३ भित्र सम्ममा कुनै प्रतिस्पर्धामा जित हुनेछ। यदि तपाई कुनै जागीरको लागी या कुनै कार्यमा सफलता को लागि मेहनत गर्नु हुँदैछ भने तपाईलाई उक्त प्रतिस्पर्धामा जित हासिल हुनसक्छ। शत्रु पक्षहरु दबिनेछ अर्थात् तपाइको प्रभाव शत्रुपक्ष माथि हाबी हुनेछ।
कन्या राशी
सप्तम भाव बिजनेशको भाव पनि हो र त्यहाँ वृहस्पति आफ्नै मीन राशिमा गोचरमा रहनाले गर्दा कुनै बौद्धिक क्षेत्रहरू जस्तै: स्कुल-कलेज, बैंक तथा वित्तीय क्षेत्र, ज्योतिष या कुनै पनि प्रकारको परामर्श दिने टाइपको बिजिनेस भए त्यसबाट राम्रो लाभ मिल्न सक्छ।
बृहस्पति विवाहको भावमा गोचर गर्नाले यो वर्ष उमेर पुगेकाहरूको लागि विवाहको कुरो चल्न सक्छ या विवाह हुनसक्छ।
बृहस्पति बिजिनेस व्यावसायको भावमा बसेर आय भावमा दृष्टि दीएकोले गर्दा बिजिनेस व्यावसायको क्षेत्र बाट यो वर्ष राम्रो मुनाफा प्राप्त होला।
बृहस्पतिले चन्द्र लग्न माथि दृष्टि दीएकोले गर्दा यो वर्ष बौद्धिकता, बिबेक, सम्मान आदीमा वृद्धि हुनेछ। यो वर्ष छोटो दुरीका सफल यात्राहरु हुनेछ। तपाईंलाई आफ्नो साथिभाई, आफन्त तथा नेटवर्क सर्कलहरुबाट साथ र प्रोत्साहन पनि मिल्नेछ।
विद्यार्थीहरुले आफ्नो पठनपाठनको क्षेत्रमा भने अधिक मेहनत गर्नुपर्ने हुन्छ। शनिले अधिक संघर्ष र परिश्रम गराएर शिक्षा क्षेत्रमा सफलता दिलाउनेछ।
यो वर्ष पनि शनि सन्तान भावमा नै रहनेछ, अत: सन्तान पक्षमा भने केही समस्या या चिन्ताको स्थिति भने रहनसक्छ विशेषगरी बैशाख देखिन असार को बिचमा यस्को संभावना अधिक रहनेछ।
यो वर्ष तपाईंले आफ्नो स्वास्थ्यको पनि ध्यान दिनुपर्ने हुन्छ। विशेषगरी पेटसम्बन्धी रोगी, कब्जियत, एसिटिडी, बाथ रोगिहरु ले भने सचेत रहनुपर्छ।
तुला राशी
यो वर्ष बृहस्पति ले छैटौं यानिकी सेवा तथा नोकरीको घर बाट दसम यानिकी करीयरको घरमा दृष्टि दिनेछ, अत: जागिर तथा करियर क्षेत्रमा सफलता या पदोन्नति को सम्भावना रहनेछ। यदि तपाई लामो समयदेखि बेरोजगार हुनुहुन्छ भने यो अवधिमा नयाँ जागिर या काम पाउने सम्भावना अधिक रहने गर्दछ।
यो वर्ष तपाईंले आफ्नो स्वास्थ्यको पनि ध्यान दिनुपर्ने हुन्छ। विशेषगरी पेटसम्बन्धी रोगी, कब्जियत, मदुमेहका रोगिहरु ले भने सचेत रहनुपर्छ।
बृहस्पतिले द्वादश यानिकी बिदेश भावमा दृष्टि दिनेछ, अत: विदेश जाने तयारीमा हुनुहुन्छ या उच्च शिक्षाको लागि विदेश जाने तयारीमा हुनुहुन्छ भने पनि यो वर्ष तपाईंको काम बन्नेछ। यस्को लागि सर्वप्रथम चाहिँ तपाइको कुण्डलिमा बिदेश योग या वैदेशिक शिक्षा प्राप्तिको योग हुनु अनिवार्य छ।
सन्तानको कारक ग्रह बृहस्पति चन्द्र लग्न देखिन छैठौ रोग तथा शत्रु भावमा गोचर गर्नेछ तेसैले सन्तान लाई केही शारीरिक समस्याहरु देखिनसक्छ। यस्को सम्भावना अधिक बैशाख देखिन असार भित्रसम्ममा रहनसक्छ।
बैंक बाट लोन लिनुपर्ने या कसै बाट ऋण सापट लिनुपर्ने स्थिती आउनसक्छ या भनौ यो वर्ष बैंक बाट लोन लिनुपरेमा सो काम बन्नेछ। तपाईं लाई लोन मिल्नसक्छ।
सेवा तथा जागिरको क्षेत्रमा भने यो वर्ष सकारात्मक नै रहनेछ तर बिजिनेस व्यावसायको भावमा राहु रहनेछ फलस्वरूप अपेक्षित सफलता नहोला अर्थात बिजिनेस व्यापारले गति लिन नसक्ला। तर इलेक्टि्रकल सामानहरुको व्यापार बिजिनेस भए चाहिँ राम्रै हुनेछ।
यो वर्ष पनि मनमा शान्ती र सन्तोष रहदैन। स्वास्थ समस्या भएमा कुनै गम्भीर रुप भने लिदैन तर स्वास्थको क्षेत्रमा खर्च भने हुनसक्छ, अत: आफ्नो स्वास्थको ध्यान दिनुहोला। शनिको अढैया तपाईं लाई अझै पनि चलिरहेको छ।
बृश्चिक राशी
यो वर्ष बृहस्पति आफ्नै राशिमा पन्चम भावमा गोचरमा रहनेछ फलस्वरूप दम्पतीहरुले यदि सन्तानको योजना गर्नु हुँदैछ भने यो वर्ष सन्तानप्राप्ति या गर्भधारण को लागि उत्तम रहनेछ।
विद्यार्थीहरुलाई पढाईको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा उतिर्ण हुने तथा पढाईमा सुधार हुनेछ।
तपाईंले गर्नुभएको मेहनत र पराक्रम ले फल दिनेछ। भाग्यमा वृद्धि गराउनेछ साथै धर्म र ईश्वरप्रति विश्वासमा वृद्धि हुनेछ। धार्मिक स्थलको दर्शन या भ्रमण या तीर्थयात्रा आदिको संभावनामा पनि वृद्धि गर्ने गर्दछ। आध्यात्मिक चिन्तन र भावनामा पनि वृद्धि हुनसक्छ।
देव गुरु बृहस्पति विद्या तथा शिक्षाको भावमा बसेर चन्द्र लग्न माथी दृष्टि दिनेछ, अत: तपाईंले आफ्नो बुद्धिबल र मानसिक क्षमताको द्वारा आफ्नो सामर्थ्यलाई देखाउन सक्नुहुन्छ। तपाईंको बुद्धि, विवेक र मानसिक क्षमतामा बृद्धि हुनेछ। विषम परिस्थितिमा पनि उचित निर्णय लिनसक्ने सामर्थ्यमा वृद्धि हुनेछ।
बृहस्पति पन्चम भावमा बसेर आय भावमा हेर्नेछ, अत: यो वर्ष तपाईको आयमा वृद्धि हुनेछ। पाउनुपर्ने या उठ्नुपर्ने रकमहरु प्राप्त होला। सेयर बजार, लट्ट्री तथा सट्टाबाजी आदी क्षेत्र बाट पनि लाभ होला। आफ्नो बुद्धि, बिबेक को प्रयोगको द्वारा लाभ मिल्नेछ।
यो वर्ष तपाईं लाई सन्तान बाट सुख र संतोष मिल्नेछ। सन्तानले कुनै क्षेत्रमा प्रगती उन्नती या सफलता प्राप्त गर्ला।
बृहस्पति लाई शनि ले हेरेको कारणले पेट सम्बन्ध केही समस्या भने रहनसक्छ जस्तै ग्यास्ट्रीक, एसिडीटी आदि। तर यो वर्ष पेट सम्बन्धि समस्या भएमा उपचार गरेमा बिसेक हुनेछ। औषधि र उपचार ले राम्रो संग प्रभाव देखाउनेछ।
धनु राशी
बृहस्पति आफ्नै राशिमा चतुर्थमा गोचरमा रहनेछ र दसम भावमा दृष्टि दिनेछ, अत: जागिर, करियर तथा पेशाको क्षेत्रमा सफलता या पदोन्नति को सम्भावना रहनेछ। यदि तपाई लामो समयदेखि बेरोजगार हुनुहुन्छ भने यो अवधिमा नयाँ आयको स्रोत खुल्न सक्छ अर्थात नयाँ जागिर या काम पाउने सम्भावना अधिक रहने गर्दछ।
बृहस्पतिले द्वादश यानिकी बिदेश भावमा पनि दृष्टि दिनेछ फलस्वरूप बिदेश तथा बाहिरी क्षेत्र संग सम्बन्धित कुराहरुमा तपाईं लाई सफलता तथा लाभ मिल्नसक्छ। येदी कुण्डलिमा वैदेशिक शिक्षाको योग भएमा यो वर्ष वैदेशिक शिक्षाको लागि प्रयास गरेपनि सफल हुने केही संभावना रहनेछ।
धन भावमा स्वराशी शनि रहनेछ तेसैले आर्थिक क्षेत्र पनि ठिकै रहनेछ। पन्चम भावमा राहु रहनाले गर्दा पढाइ तथा शिक्षार्जनको क्षेत्रमा भने अलिक धेरै मेहनत गर्नुपर्ने हुन्छ अन्यथा पढाईमा बाधा आउनसक्छ।
यो वर्ष तपाईको लामो या छोटो दुरीको यात्राहरु हुनसक्छ विशेषगरी बैशाख देखिन असार सम्ममा छोटो दुरीको यात्राहरु हुनसक्छ भने लामो दुरीको चाहिँ वर्षभरी नै संभावना छ।
यो वर्ष शनि तथा बृहस्पतिले अष्टम भावमा दृष्टि दिनेछ, अत: यो वर्ष विशेषगरी वैज्ञानिक खोज- अनुसन्धानकर्ता, पुरातत्त्वविद्, मन्त्र-तन्त्र सिद्धि गर्ने साधक, जोतिषमा खोज अध्ययन गर्नेहरु लाई आदिको लागि विशेष सहायक समय रहनेछ। नयाँ खोज – अनुसन्धान र आविष्कार हुनसक्छ।
चतुर्थमा गुरु बृहस्पति भएकोले गर्दा यो वर्ष पारीवारिक माहोल भने अनुकुल नै रहनेछ। घरमा कुनै शुभ कार्य पनि हुनसक्छ।
मकर राशी
द्वादश बिदेश भावको स्वामी भएर बृहस्पति तृतीय भावमा आफ्नै राशिमा बसेर आय भावमा दृष्टि दिनेछ, अत: विदेशबाट आफन्त या साथीभाइबाट कुनै उपहार या आर्थिक सहयोग आदि पनि प्राप्त हुनसक्छ। येदी तपाईको बिदेश संग सम्बन्धित कुनै बिजिनेस व्यावसाय भएमा यो वर्ष राम्रो लाभ प्राप्त हुनसक्छ। यो वर्ष तपाइले गर्नुभएको मेहनतको फल प्राप्त हुनसक्छ।
यो वर्ष छोटो तथा लामो दूरीको यात्राहरु हुन सक्छ जो सफल र लाभदायक सिद्ध हुनसक्छ।
बृहस्पतिले धर्मको भावमा दृष्टि दिनेछ, अत: तपाईंमा धर्मप्रति र ईश्वर प्रति विश्वास र आस्थामा वृद्धि हुनसक्छ। कुनै तीर्थयात्रा या धार्मिक स्थलहरूको भ्रमण या दशन गर्ने अवसर मिल्न सक्छ।
बृहस्पतिले बिवाहाको भावमा पनि दृष्टि दिनेछ फलस्वरूप बिबाह को लागि उमेर पुगेकाहरुलाई विवाहको कुरा चल्न सक्छ या विवाह हुनसक्छ।
शनिले दसम यानिकी करीयरको घरमा आफ्नो प्रभाव दिनेछ, अत: जागिर, करियर तथा पेशाको क्षेत्रमा सफलता मिल्नसक्छ। यदि तपाई लामो समयदेखि बेरोजगार हुनुहुन्छ भने यो अवधिमा नयाँ आयको स्रोत खुल्न सक्छ अर्थात नयाँ जागिर या काम पाउने सम्भावना अधिक रहने गर्दछ।
शनि चन्द्र लग्न माथी रहनाले गर्दा जिम्मेवारीमा वृद्धि हुनसक्छ। काम तथा अन्य कुराहरुले प्रेसन दिनसक्छ भने यो वर्ष स्वास्थको मामिलामा चाहिँ ध्यान दिनुपर्छ। मानसिक तनाव तथा प्रेसरको स्थिती चाहिँ रहनसक्छ। तर तपाई लाई साथिभाई आफन्त तथा शुभचिन्तकहरु बाट साथ र हौसला चाहिँ प्राप्त हुनेछ।
यो वर्ष शनि सँग सम्बन्धित कामकाजहरु या बिजिनेस व्यावसायहरु जस्तै: खेतीकिसानी, फलाम, निर्माणकार्य, छाला सम्बन्धी उद्योग आदी बाट राम्रो सफलता मिल्न सक्छ।
कुम्भ राशी
यो वर्ष गुरु बृहस्पति चन्द्र लग्न बाट द्वितीय भावमा गोचरमा रहनेछ र तेहा बाट छैटौं र दसम भावमा दृष्टि दिनेछ, फलस्वरूप यदि बेरोजगारी भए नयाँ जागिर मिल्न सक्छ। जागिर भए पदोन्नति हुनसक्छ। यो वर्ष करीयरको क्षेत्रमा सकारात्मक समय नै रहनेछ। येदी कुनै प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा हुनुहुन्छ भने उतिर्ण भएर जागिर मिल्नसक्छ।
यो वर्ष बृहस्पति आय भाव र धन भावको स्वामी भएर द्वितीय भावमा रहनेछ, फलस्वरूप यो वर्ष तपाईको आर्थिक क्षेत्र राम्रै रहनेछ। धनको आगमन र वृद्धि हुनसक्छ। येदी बैंक लोन या ऋण लिन खोज्दै हुनुहुन्छ भने सो कार्य पनि पुर्ण हुनेछ। तपाइ लाई आफ्नो network circles हरु बाट पनि लाभ र सहयोग मिल्नसक्छ।
गुरु बृहस्पतिको कुटुम्ब भावमा रहनाले घरमा परीवारको संख्यामा वृद्धि हुनसक्छ तथा घरेलु जिवनको क्षेत्रमा यो वर्ष राम्रै रहनेछ।
बृहस्पतिको दृष्टि मृत्यु भावमा पनि पर्नेछ, अत: चोटपटक र दुर्घटना तथा दैबिय प्रकोप आदि बाट रक्षा मिल्नेछ।
शनिको स्थिती लाई हेर्दा खेरी तपाईको यो वर्ष विशेषगरी श्रावण देखिन माघ भित्र सम्ममा बिदेश सम्बन्धि कुनै कामकाज भएमा सो बन्नसक्छ। यो अवधिमा बिदेश यात्रा आदीको संभावना पनि रहन्छ तर यस्को लागि सर्वप्रथम कुण्डलिमा बिदेश योग हुनु अनिवार्य हुन्छ।
विशेषगरी फागुन देखिन उताको समय शनि सँग सम्बन्धित कामकाजहरु या बिजिनेस व्यावसायहरु जस्तै: खेतीकिसानी, फलाम, निर्माणकार्य, छाला सम्बन्धी उद्योग आदी बाट राम्रो सफलता मिल्न सक्छ।
मीन राशी
यो वर्ष शनि सँग सम्बन्धित कामकाजहरु या बिजिनेस व्यावसायहरु जस्तै: खेतीकिसानी, फलाम, निर्माणकार्य, कलकारखाना, छाला सम्बन्धी उद्योग आदी बाट राम्रो सफलता मिल्न सक्छ।
यो वर्ष शनि धेरै समय एकादश भावमा नै रहनेछ फलस्वरूप तपाईंको लागि आय र प्राप्तिको लागि राम्रै समय रहनेछ।
बैशाख १६ देखि असार २८ सम्मको समयमा खर्चमा वृद्धि होला। यो अवधी तपाईको लागि अशुभदायी रहनसक्छ। तर बिदेश सम्बन्धि कुराहरुमा भने राम्रै होला।
स्वराशि बृहस्पति चन्द्र लग्न माथी आएर धर्म भावमा दृष्टि दिनाले धर्मकर्म तथा आध्यात्मिकता तिर पनि रुचि बढ्नसक्छ। धार्मिक तिर्थ स्थल या बिशेष महत्त्व बोकेको मन्दीर या धाम आदीको दर्शन तथा भ्रमणको अवसर प्राप्त होला।
विद्यार्थीहरुको लागि यो वर्ष अनुकुल रहनेछ। पढाई तथा शिक्षार्जनको क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रमा तपाईको प्रगति हुनेछ। परीक्षा तथा बौद्धिक प्रतियोगितामा तपाई लाई सफलता मिल्नेछ।
गोचरको शुभ बृहस्पतिले सन्तान भावमा दृष्टि दिनेछ फलस्वरूप यो वर्ष सन्तान प्राप्तिको लागि अनि अनुकुल समय रहनसक्छ साथै सन्तान प्राप्तिको संभावना पनि रहनेछ। सन्तान पक्षमा यो वर्ष सकारात्मक नै रहनेछ।
दसमेश बृहस्पति स्वराशी रहनाले गर्दा जागिरको क्षेत्रमा तपाईको राम्रै अवस्था नै रहनेछ।
चन्द्र लग्न बाट बृहस्पतिले सप्तम घरमा दृष्टि दिनेछ, अत: यो वर्ष बिवाहाको माहोल पनि बन्नसक्छ। बिवाहको लागि उमेर पुगेकाहरुको लागि बिवाहको सम्भावना देखिन्छ।