४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

एमालेका कारण गणतन्त्र धरापमा पर्यो : के.सि.

spot_img

रिसव आचार्य
कपिलवस्तु ।  नेकपा एमालेका कारले आज गणतन्त्र धरासयि भएको र एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन ।

गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएत संग कयौ विषयमा मदभेद रहेपनि संबिधानको रक्षा गर्दै गणतन्त्रलाई जोगाउन र एमालेको प्रतिगमन रोक्न गठबन्धन गरेको बताए ।

राष्ट्रिय जनमोर्चा वाणगंगा नगरकमिटीले वाणगंगा ६ बैदौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले २०७४ सालमा नेपाली जनताले दिएको दुई तिहाई मतको केपी ओलीले दुरुपयोग गरेको बताए । “पाटी भित्रको आपसी झगडाका कारण केपी ओलीले २–२ पटक सम्म संसद विगठन गरे, माधव नेपाल र प्रचण्डको रिस संसद माथि पोखे, मूलूक अस्थिरता तर्फ जाने, बेमौसममा देश चुनावमा जाने र आर्थिर भार थपिने भएकाले संबिधान संगै गणतन्त्रको रक्षार्थ ५ दलिय गठबन्धन गरेको स्पष्ट पारे ।”

अहिले केहि अराजक ब्यक्तीले चित्र बहादुर केसी कांग्रेस संग पोइल गयो भनेर अर्नगल प्रचार गरेको भन्दै आपत्ति जगाए । त्यस्ता भ्रामक कुरागर्नेहरु आफै परास्त हुने उनको भनाई छ ।

माधव नेपाल र झलनाथ खनालले पार्टी भित्र विद्रोह नगरेको भए गणतन्त्र नै धरापमा पर्ने अवस्था आएको भन्दै संसद अवरुद्ध गरेर एमालेले देशलाई अस्थिरता तर्फ धकेल्नेकाम गरेको आरोप लगाए । अवको ३ तहकै निर्वाचनमा ५ दलिय गठबन्धन गरेर चुनावमा जाने स्पष्ट पारे ।

निर्वाचनको समयमा अहिले पार्टी प्रवेशको लहरनै चलेको भन्दै पार्टी भित्र भर्तिकेन्द्र खोलेजस्तै भएको टिप्पणी गरे । पद पाउनकै लागि पार्टी प्रवेश गर्ने र पद पाएपछि उनिहरुले लुटतन्त्र मच्चाउने गरेकोले यस्ता ब्यक्तीले जनताको लागि केहि गर्छन भनेर सोच्न नसकिने बताए ।

निर्वाचनमा पार्टीको विचार, सिद्धान्त नीति हेरेर भोट नदिएसम्म देश नबन्ने भन्दै पटकपटक सरकारमा गएर भ्रष्ट्रचार काण्डमा मुछिएका, देशमा संघियता लादेर मुलुकलाई टाट पल्टाउने पार्टीलाई भोट दिन्छन कि देशको विकासका लागि राम्रो विचार, सिद्धान्त नीति लिएको पार्टीलाई भोट दिन्छन त्यो परिक्षाको रुपमा रहेको उनले बता ।

कतिपय ब्यक्तीले राष्ट्रिय जनमोर्चाको सिद्धान्त, विचार मन पराएपनि पार्टी सानो रहेको र यस्तो पार्टीलाई कस्ले भोट दिन्छ भन्ने जस्ता अभिब्यक्ती दिनेगरेको उनले बताए । जबसम्म पार्टीको नीति, विचार सिद्धान्त हेरेर मत दिदैनौ तबसम्म देशको अवस्था यस्तै रहेको उनको भनाई छ ।

राष्ट्रिय जनमोर्चाले संघियताको विरोध गर्दा कतिपयले आफुलाई सिध्याउन खोजेको भन्दै अहिले संघियता देशका लागि घाडो भएको नेपाली जनताले पनि महसुस गरेको उनको भनाई छ ।

अहिले केहि दल बहुदलिय ब्यवस्था, धर्म निरपक्षेता र गणतन्त्र नै मास्न तर्फ लागेको भन्दै राजतन्त्र ब्यूताउन तर्फ अग्रसर भएको बताए । केपी ओली पनि राजा आउ देश बचाउ भन्ने तर्फ संलग्न रहेको आरोप लगाए । अव नेपालमा राजतन्त्र नआउने उनको जिकिर छ ।

अहिले युक्रेन र रुसबीचको युद्धका कारण खाने तेल, ग्यास लगाएत खाद्यन्नको मूल्य बढेको भन्दै परनिर्भरताको कारण यस्तो समस्या भएको उनको भनाई छ । नेपालमा यति धेरै कृषियोग्य जमिन छ जलस्रोतको धनि देश नेपाल तर यँहाको जल, जमिन र जंगलको खै त उचित ब्यवस्थापन भएको उनले प्रश्न गरे । पटकपटक निर्वाचित भएर सरकारमा जानेले यसको उचित ब्यवस्थापन गर्न नसकेको उनको आरोप छ ।

राष्ट्रिय जनमोर्चा वर्तमान सरकारमा सहभागि नरहेको स्पष्ट पार्नु भएको थियो ।उहाँले पार्टीका कुनै सांसद वा जनप्रतिनिधि भ्रष्ट्रचार लगाएतमा नमुछिएको भन्दै यदि त्यसो भएमा त्यस्ता सांसद तथा अथवा जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्ने र टिकट नदिने चेतावनी दिए ।

अवको निर्वाचनमा नीति, विचार तथा सिद्धान्त बोकेको जनमोर्चालाई अत्याधिक भोट दिएर जिताउन उहाले आग्रह गरे । कार्यक्रमा राजमोका सयौ कार्यकर्ताको सहभागिता थियो ।
कार्यक्रमलाई राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल , अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेल ,नेकपा मसाल का जिल्ला प्रवक्ता छविलाल गैरे ,राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल महिला संघ जिल्ला सदस्य रिता पाण्डे , अखिल नेपाल युवक संघ जिल्ला सचिव विनोद परियार , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार मन ब. सिंजालि लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम राजमो नेता मुक्तिराम न्यौपानेको अध्यक्षता , डबल सिंह जि. सि. को स्वागत मन्तब्य , र शशी सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै