१८ कार्तिक २०८१, आईतवार
spot_img
१८ कार्तिक २०८१, आईतवार
spot_img
spot_img

एउटा युवाले तताएको छत्रदेवको राजनीति, छत्रदेवमा चम्केला त पशुपतीको तराजु ?

spot_img

हरिप्रसाद भुसाल / अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँस पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।

तर यो पटक परिस्थिती बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफुले सुधार गरेको दावी गर्ने छत्रदेवमा एउटा युवाले तहल्का मच्याइरहेका छन् । गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोवार गर्ने नमूना उद्यमी युवा पशुपती पाण्डेको उम्मेदवारी घोेषणाले छत्रदेव तरंगित भएको छ ।

प्रत्येक घरमा दैनिक कम्तिमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखी निशुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित चुनावी मैदानमा होमिएका पाण्डेको उम्मेदवारीले आफुलाई छत्रदेवका मसिहा ठान्ने राजनीतिक दलहरु झस्किएका हुन् ।

“म नेपाली काँग्रेसको समर्थक हुँ” आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने “पार्टी त्याग्न सक्दिन तर एकजना पाण्डे भाईले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।”

विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरुका कारण उनलाई एकपटक समर्थन दिने निष्कर्षमा पुगेको स्थानीय युवा कमल पोख्रेलले बताए । “हामीले एजेन्डा हेरेर समर्थन गर्नुपर्छ” पोख्रेलले भने “छत्रदेवलाई समृद्ध बनाउने क्षमता पशुपती बाहेक अरुमा देखिएन ।”

यता जीवनमा पहिलोपटक चुनावी मैदानमा उत्रीएका पाण्डे आफु निर्वाचित हुनेमा ढुक्क छन् । “हो मसित जनआधार छैन, टोलटोलमा संगठन छैन” पाण्डेले भने “तर योपटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँगाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।”

“प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनैपनी राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसै देखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानिको सुनिस्चित गर्नेछु ।” पाण्डेले भने

प्रत्येक बिधालयमा टाढाका बिधार्थिलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । “गुणस्तरमा अत्यन्तै कमजोर भएको बिधालयमा प्रयाप्त श्रोतसाधन नहुदा पनि आफै प्राईभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं बिद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै बिधालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका बिद्यार्थीलाई यातायात सुबिधाको समेत सुनिस्चितता दिनेछु” पाण्डेले भने ।

नेपाली काँग्रेसले आफ्नो आधार क्षेत्र दावी गर्ने, र एमालेले समेत जित्ने दावी गर्ने छत्रदेवमा आउने स्थानीय निर्वाचनमा पशुपती पाण्डेको तराजु कती चम्किएला हेर्नै बाँकी छ तर प्रारम्भिक गतिविधीहरु देख्दा लाग्छ एक न एक दिन छत्रदेवमा पशुपती जवरजस्त उदाउनेछन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै