१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

वैदिक सनातन धर्म सेवा समाज,अर्घाखाँचीको पहिलो बैठक पाणिनिको आलमनगरमा सम्पन्न

spot_img

अर्घाखाँची: वैदिक सनातन धर्म सेवा समाज, अर्घाखाँचीको पहिलो बैठक पाणिनिको आलमनगरमा आज सम्पन्न भएको छ। विधान एवं सस्था दर्ता पछिको यो पहिलो बैठक हो।

आज बसेको कार्यसमिति बैठकले विधान एवं सस्था दर्ताको क्रममा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद एवं आभार प्रकट गरेको छ। त्यस्तै अबका दिनमा विभिन्नखाले धार्मिक एवं अध्यात्मिक कार्यक्रमहरु समाजसग जोडेर सन्चालन गर्ने निर्णय समेत गरेको छ। आउँदो श्रावणसम्ममा पाणिनिमा व्यापक सहभगितामा लघुरुद्री लगायतका धार्मिक अनुष्ठान गरिने निर्णय सस्थाले गरेको छ, त्यसैगरी सस्थालाइ थप पारदर्शी बनाउनका लागि विभिन्न स्रोतबाट प्राप्त रकमलाई बैंकमा खाता सन्चालन गरिने उक्त सस्थाका अध्यक्ष चन्द्रमणि घिमिरेले जनाएका छन्।

सामाजिक रुपान्तरण एवं वैदिक सनातन परम्परा अनुसार समाजलाई अघि बढाउने उद्देश्यले स्थापित भएको उक्त सस्थाले जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीबाट २०७८ साल फाल्गुन २९ गतेबाट औपचारिक रुपमा मान्यता पाएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै