२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

अर्घाखाँचीमा ट्याक्टरले किचेर बिद्यार्थीको मृत्यु

spot_img

घनश्याम पौडेल
सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीको गाउँ नै शोकमा डुवेको छ । आफनै दाईकी छोरी १२ वर्षिया नमुना कुमालको ट्याक्टर चालक शुसील कुमालले चलाएको ट्याक्टरले किचेर बुधबार बिहान ९ बजे मृत्यु भएको हो ।

लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेर अर्भका आधारभुत विद्यालय जान हिडेकी विद्यार्थीको ट्याक्टरबाट खसेर टायरले किचेर मृत्यु भयो । दुर्गाफाटबाट बरपोख्रा सम्म ढुंगा लिएर हिडेको ट्याक्टरले किचेको हो । विद्यालय पुग्नै लाग्दा भएको घटनाले गाउँ र विद्यालय नै शोकमा डुवेको छ ।

ट्याक्टर चालक कुमाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी अम्बर थापाले जानकारी दिए ।

परिवार तथा गाउँबासीको घटनास्थलमा रुवाबासी छ । सामान्य लापारबाहीका कारण बालीकाको मृत्यु हुनुका साथै गाउँ नै बिहानको खाना खाने समयमा शोकमा डुव्यो ।

आजबाट अर्घाखाँचीमा सुरु भएको वार्षिक परिक्षामा सहभागी बन्न विद्यालयमा आएका विद्यार्थीहरु पनि साथीको मृत्युले शोकमग्न छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी आएर अनुसन्धान सुरु गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (2%)
  • दुःखी (93%)
  • अचम्मित (2%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (3%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै