२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

अर्घाखाँचीमा पहिलो पटक आयो प्रदुषण मापन मेसिन

spot_img

सन्धिखर्क । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वातावरण ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण तथा प्रदुषण मापन कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाको आयाेजना र स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालि नयाँ बानेश्वरकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले फाेहरमैला ब्यबस्थापन सम्बन्धि कार्य सबैभन्दा चुनाैतीपुर्ण रहेको बताए । उनले विकास निर्माणका काम गर्दा वातावरण प्रदुषण हुने भएकोले सबैलाई रुख बिरुवा राेप्न आग्रह गरे ।

सन्धिखर्ककाे वायु प्रदुषणकाे अबस्था केछ भनेर जाँच गर्न हाई भाेलुम इयर स्याम्पलर मेसिनबाट मापन शुरु गरिएको स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालिका निर्देशक उदय भट्टराईले बताए । सस्थाले देशका विभिन्न नगरपालिका र गाउँपालिकामा पाेलिसि निर्माणमा काम गरिरहेको निर्देशक भट्टराईको भनाइ छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, बाताबरणविद डा. बिकास अधिकारि, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशाेक खनाल , प्रदेश सदस्य प्रेमनारायण आचार्य, सस्थाका जिल्ला संयोजक मिना बस्याल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नगरपालिकाको वातावरण समितिका अध्यक्ष प्रितम थापाको अध्यक्षता र नारायण पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै