१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

रुख चिन्ह लिएर लड्ने उम्मेदवारलाई विजयी बनाउनुस : सभापति श्रेष्ठ

spot_img

घनश्याम पौडेल
सन्धिखर्क ।  नेपाली काँग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले जनताको घरघरमा पुग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ शितगंगाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले काँग्रेसको चुनाव चिन्ह रुख लिएर घरघरमा पुग्नका लागी आग्रह गरे ।

काँग्रेस पार्टीमा बसेर निर्वाचनमा अन्तर्घात गर्न पाईन्न, काँग्रेसबाट रुख चिन्ह लिएर लड्ने उम्मेदवारलाई विजयी बनाउँन लाग्न आग्रह गरेका छन । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा काँग्रेस सहितका गठबन्धनका दलले ६ स्थानिय तह र ६१ वटै वडामा जित्नेगरी लाग्न आग्रह सभापति श्रेष्ठले गरे ।

संविधान जारी गर्ने, संविधान कार्यान्वयन गर्ने पार्टी काँग्रेस हो, जनताको सुख र दुःखको पार्टी काँग्रेस हो, दुईतिहाईको सरकारले जनताको पक्षमा कुनै नगरेकाले काँग्रेसले सरकार चलाउँनुपर्ने स्थती आएको सभापति श्रेष्ठले बताए । काँग्रेसले छिट्टै उम्मेदवार तय गर्छ, रुख चिन्हमा मत माग्दै घरघरपुग्न आग्रह गरेका हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै