९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुन्छ, हामी जित्छौं : सभापति पुन

spot_img

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनलाई साथमा लिएर बढ्ने बताएका छन् ।

आईतबार नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति पुनले स्थानीय निर्वाचनमा गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भईरहेको जोड दिए ।

पुनले कुनैपनी हालतमा स्थानीय तहको निर्वाचन नसर्ने दाबी गरे । उनले चुनावमा जित हासिल गर्न व्यापक तयारी भईरहेको बताउँदै कांग्रेस जिम्मेवार रुपमा निर्वाचनमा होमिनु जरुरी रहेको बताए ।

पुनले स्थानीय तहमा गठबन्धनको आवश्यकता भन्ने विषयमा छलफल गरिरहेको र घरघरमा पुगेको दाबी गरे ।

“म गठबन्धनको विपक्षमा हो, कांग्रेसको केन्द्रीय समितिको बैठकमा पनि मैले गठबन्धन किन र के को लागि ? भन्ने सन्दर्भमा पनि कुराहरु राखेको थिए ।” उनले थपे, “पार्टीको बैठकले स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गर्यो । सोही अनुसार गठबन्धन हुन्छ ।”

उनले संविधानको रक्षाको लागि कांग्रेसको महत्त्वपूर्ण भूमिका रहने औंल्याउँदै कांग्रेसले गफ कम गर्ने र काम बढी गर्ने दाबी गरे । उनले भने, “संविधानको रक्षाको लागि कांग्रेसको भूमिका महत्त्वपूर्ण छ ।

कांग्रेस यस्तो पार्टी हो, जस्ले गफ कम र काम बढी गर्छ । यो विगतको ईतिहासबाटै प्रष्ट हुन्छ ।”

निर्वाचनमा कांग्रेस गुटबन्दी छाडेर एकजुट भएर अघि बढ्ने दाबी गर्दै चुनाब तोकिएकै मितिमा शान्त तरिकाले हुने उनको भनाई छ ।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठ, सहमहामन्त्री निमा गिरी, कोषाध्यक्ष प्रकाश राना, लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल, कांग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठ, कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, पुर्व सभापति कमलप्रसाद भुसाल, कांग्रेस जिल्ला सचिव कृष्ण खनाल, कांग्रेस नेता डा. ईन्द्रमणी पौडेल लगाएतको उपस्थिति रहेको थियो । प्रेस युनियन अर्घाखाँचीका कार्यबाहक अध्यक्ष सरिता भुसालको अध्यक्षता रहेको कार्यक्रम प्रेस युनियनका केन्द्रीय प्रतिनिधी अशोक पौडेलको स्वागत र जिल्ला सचिव बिष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै