१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

एकै परिवारका तीन खेलाडीलाई पदक

spot_img

काठमाडौं । एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन्।

पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते।

नेपाल जुडो संघको आयोजना तथा स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे।

नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेश्रो भए। देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन्।

प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेश्रो बने। निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउदै पहिलो स्थान हात पारिन्। अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन्। प्रहरीमा भर्ना हुनुअघि इन्द्र पनि पामबाटै जुडो खेल्थे।

नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए। उनले फाइनलमा रोल्पाका विकास विकलाई पन्छाए। प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेश्रो भए।

७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे। उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे। एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेश्रो स्थानमा रहे।

महिला ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन्। आर्मीका विमला आले मगर र सिमाकुमारी चिडी तेश्रो भए।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे। दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन्। पुरुष/महिलामा समान ७ गरी १४ स्पर्धा समावेश छन्। प्रतियोगिताको अन्तिम दिन आइतबार ८ स्पर्धाको फाइनल हुने छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै