१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

आध्यात्मिक पत्रकारिता, आजको आवश्यकतामा जोड

spot_img

काठमाण्डौ,२६ चैत्र । आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ,शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ । अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उहाँहरूले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिनुभएको छ । आध्यात्मिक पत्रकार समाज आपसको बार्षिक उत्सबका अवसरमा आयोजित ूआध्यात्मिक पत्रकारिता आजको आवश्यकता बिषयक अन्तरक्रियामा उहाँहरूले यो कुरा बताउनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका बिसंगतीलाई हटाउन नैतिक तथा आध्यात्मिक शिक्षा जरुरी रहेको औल्याउनुभयो । यसका लागि पहिले पत्रकार आफैं उदाहरण बन्न सके बल्ल समाजले अनुसरण गर्ने बताउनुभयो ।

इतिहास तथा संस्कृति बिद प्राद्यापक डा श्रीराम उपाध्याय न्यौपानेले देवभूमी,तपोभूमी नेपालका हरेक भौगोलिक,सांस्कृतिक र धार्मिक बिषय बिश्वकै लागि उदाहरण बन्ने बताउनुभयो । धार्मिक अभियन्ता डा चिन्तामणि योगीले भौतिक बिकासलाई सन्तुलन मिलाउन आध्यात्मिक चिन्तन जरुरी भएको उल्लेख गर्नुभयो। विकास पत्रकार मन्चका अध्यक्ष गोपिकृष्ण ढुङ्गानाले नेपालमा प्रशस्त धार्मिक ज्ञाता भएको उल्लेख गर्दै पहिले पत्रकारिता क्षेत्रले उहाँहरूबाट आध्यात्मिक ज्ञान लिनु जरुरी रहेको बताउनुभयो । आध्यात्मिक पत्रकार समाजका उपाध्यक्ष सन्तोष वाशिष्ठले नेपाल देवभुमि र वेदभुमी भएको बताउँदै धर्म संस्कार र संस्कृतिको विश्वव्यापी प्रचारप्रसार गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एसोसिएट्सका महासचिव रोयल आचार्य,संचारकर्मी केशव चौलागाईं,रिता लिम्बू,धार्मिक अभियन्ता अरुण पाण्डेले बोल्नुभएको थियो । आपसका तर्फबाट अध्यक्ष शिरोमणि दवाडी र महासचिव लक्ष्मण पन्थीले संस्थाको उदेश्य तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै