२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

कांग्रेसलाई सहभागी गराएर सुदूरपश्चिम सरकार पुनर्गठन, नवनियुक्त मन्त्रीले लिए सपथ

spot_img

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पाँचौ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

उनले शुक्रबार साँझ नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्।

केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिन भट्टले प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराएका हुन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।

उनीहरूले गएराति पदभार ग्रहण पनि गरिसकेका छन्।

कांग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन जना मन्त्रीलाई फिर्ता बोलाएको थियो।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी पुर्णा जोशी, सामाजिक विकास मन्त्री रहेका लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री रहेकी मना कुमारी साउँदलाई एकीकृत समाजवादीले सरकारबाट फिर्ता बोलाएको हो।

यस्तै समाजवादीबाटै आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ भने उनको ठाउँमा अढाई वर्षअघि राज्य मन्त्रीबाट राजीनामा दिएका समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।

यसअघि रावल किर्ते गरेको मुद्दा लागेपछि सरकारबाट बाहिरिएका थिए।

यसअघि भौतिक पुर्वाधार विकासका राज्यमन्त्री रहेकी चुनकुमारी चौधरीलाई फिर्ता बोलाइ एकीकृत समाजवादीले उनको ठाउँमा कुलवीर चौधरीलाई पठाएको छ।

यसअघि अर्थ राज्यमन्त्री रहेकी माया तामाङ बोहरालाई फिर्ता बोलाइ समाजवादीकै अमर साउँद नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश सभाका एकीकृत समाजवादीका १४, माओवादीको १३, कांग्रेसका १२ र एमालेका ११ जना सांसद छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र जसपाका १-१ जना सासंद छन्।

देशभरमै केन्द्र र प्रदेशमा एमाले सरकारबाट बाहिरिएसँगै बनेको नयाँ गठबन्धन अनुसार सुदूरपश्चिममा पनि कांग्रेस सरकारमा सहभागी हुन खोजेको थियो।

माओवादी नेतृत्वमा रहेको यहाँको सरकारमा कांग्रेसलाई लामो समयदेखि सहभागी गराएको थिएन।

स्थानीय चुनावमा तालमेल गर्ने विषयमा पनि गठबन्धनबीच छलफल भइरहेको छ।

गठबन्धनमा आबद्ध पाँच दलले दस सदस्य कार्यदलसमेत बनाएका छन्।

कार्यदलमा नेपाली कांग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, एकीकृत समाजवादीका कैलाली इञ्चार्ज दीर्घ सोडारी, माओवादी केन्द्रका कैलाली इञ्चार्ज हरि ज्ञवाली, जनमोर्चातर्फबाट जगतप्रसाद जोशी र जनता समाजवादीका होरिलाल चौधरी सदस्य छन्।

कार्यदलमा प्रत्येक पालिकामा कसरी गठबन्धन गर्ने र सिट बाँडफाँट कसरी गर्नेबारे छलफल हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै