२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

अर्थतन्त्र जोगाउने प्रयास गर्दैगर्दा गभर्नर निलम्बन गरियो : ओली

spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोध गरेका छन्।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दागर्दै अधिकारीलाई निलम्बन गरिएको बताए।

राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ।’

ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति जनाए।

हामीलाई थाहा छ न्यायालय कस्तो छ भन्ने,’ ओलीले भने।

ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए। देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको ओलीले बताए।

‘यत्रोविधि आन्दोलन गरेका मान्छे छन्, दु:ख पाएका मान्छे छन्, तर नियुक्ति आफन्तले खाइरहेका छन्,’ ओलीले भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै