spot_img
spot_img

केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा भण्डारी मनोनित

spot_img
spot_img

गुल्मी । नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।

केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा नेवी संघ पुर्व केन्द्रीय सदस्य एबम लोकतान्त्रिक विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था IUSY का उपाध्यक्ष मदन भण्डारी सदस्यमा मनोनित भएका छन ।

अन्तर्राष्ट्रिय स्तरमै लोकतान्त्रिक मूल्य र मान्यता बुझेका भण्डारी विद्यार्थीहरुका पाका अभिभावक समेत हुन । नैनसिंह महरले नेवीसंघको नेतृत्व गरेको समयमा खरो र ओजिलो विद्यार्थी नेताका रुपमा भण्डारी रहेका थिए ।

कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा बुधबार उक्त उपसमिति गठन गरेका हुन् ।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै